Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

काठमाडौंमा लकडाउनको राहत : अब घरघरै, नपाएकालाई भोजन

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष प्रभावित भएकालाई राहत वितरण गर्दा धेरै ठाउँमा समस्या उत्पन्न भयो ।

मुलुकभरका स्थानीय तहबाट वितरीत राहत घरभरि अन्न भएकाले समेत थापे । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अनुगमन गर्न जाँदा अन्न भएको र राहत नचाहिनेले समेत राहत लिएको पाइयो । त्यो देखेपछि कतिपयको राहत कटौती गरियो भने कतिपयले रोग सार्न आयो भन्ने बहाना बनाएर घरमा हेर्न नदिएको डङ्गोलको अनुभव छ । यस्ता विविध समस्याका बीच स्थानीय तहको अगुवाइमा मुलुकभर पहिलो चरणको राहत वितरण भयो ।

राहत वितरणका क्रममा वास्तविक मजदुर र सडकमा अलपत्र परेकाले भने पाउन सकेनन् । बल्लतल्ल नागरिकता खोजेर राहत थाप्न गएकालाई विभिन्न कारण देखाएर फर्काइएको अनुभव मजदुरको छ । भक्तपुरको सडकमा फेला परेका मजदुर हरि माझी दुखेसो गर्दै भन्छन्, “राहत हामीलाई होइन रहेछ, त्यो त ठूलाबडालाई मात्रै रहेछ, लिन गएको कहिले नागरिकता खोज्छ, कहिले घरबेटी खोज्छ, के–के हो के–के ।” सडकमा बेवारिसे बनेकासँग नागरिकता नहुन सक्छ । कुनै परिचयपत्र पनि नहुन सक्छ । कागजपत्र नहुँदैमा राहत नपाउँदा दुःख लागेको मजदुरको गुनासो यत्रतत्र छरियो । त्यसपछि कतिपय स्थानीय तहले खाना खुवाउने अभियान नै चलाएका छन् भने सामाजिक संस्थाले खाना खुवाएर मजदुरलाई भोको हुनबाट जोगाएका थिए ।

मुलुकका लागि यो एउटा नयाँ अनुभव पनि भयो । अब भने काठमाडौँ उपत्यकाको १६ नगरपालिका तथा दुई महानगरले भने त्यसरी नाम दर्ता गरेर राहत वितरण नगर्ने भएका छन् । उपत्यकाका स्थानीय तहले जसको घरमा अभाव भएको हुन्छ, उसकै घरमा पुगेर राहत दिने र अन्य राहत नपाएका र सडकमा बसेका मजदुरलाई खाना बनाएर खुवाउने योजना अघि सारिएको छ ।

उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “पहिलो चरणको राहत वितरण लगभग सकियो, अब दोस्रो चरणको वितरणभन्दा खानै नपाएका व्यक्तिको घरमै राहत पु¥याउने तयारी छ, अन्य सडकमा अलपत्र परेका र खान नपाएका मजदुरका लागि ठाउँठाउँमा सामूहिक मेस चलाएर खाना खुवाइन्छ ।” मध्यपुरथिमि नगरपालिकाका प्रमुखसमेत रहनुभएका श्रेष्ठले आफ्नो क्षेत्रमा भने उक्त काम थालिसकेको बताए ।

ललितुर महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन अब लकडाउन बढ्यो भने मेस चलाउने योजना रहको बताए। यसका लागि २० ठाउँमा चार हजारका लागि खाना खुवाउनुपर्ने आवश्यकता देखेको उहाँ बताउछन् । काठमाडौँमा भने पहिलो चरणको राहत वितरण जारी रहेको छ । सँगसँगै मेस चलाएर खाना खुवाउने अभियानलाई समेत निरन्तरता दिएको महानगरका प्रवक्ता डङ्गोल बताउछन् । लकडाउनको एक महिनाको अवधिमा उपत्यकामा झण्डै दुई लाख १५ हजारलाई राहत वितरण गरिएको छ । अझै सकडमा भने राहत नपाएको भनेर मजदुरले गुनासो गरिरहेका छन् ।

उपत्यका नगरपालिका फोरमले साझा कोष स्थापना गरेर आवश्यक सहयोग उपलबध गराउने र उपत्यका भित्रिने सवारीलाई डिसइन्फेक्सन गर्ने तयारीसमेत गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम नेपालमा कायमै छ । मुलुकमा आजसम्म ४५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले लकडाउन घोषणा गरी प्रत्यक्ष प्रभावित भएकालाई राहत दिने निर्णय गरेको थियो । राहत वितरणको जिम्मा स्थानीय तहले पाएका छन् ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी र श्रमिक मजदुरलाई लकडाउन अवधिभर खान पुग्ने गरी राहत वितरण गर्ने निर्णय गरेको थियो । यसको लगत तयार गरी आवश्यक ठानिएका व्यक्तिलाई राहत दिन स्थानीय तहले काम गरिरहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE