Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

लकडाउनको कारण बिक्री भएन तरकारीः गाईभैसीलाई खुवाउँन बाध्य किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उनलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उहाँको खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् । तर बिक्री गर्ने ठाउँ छैन । तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उहाँको गुनासो छ ।

“बिक्रीका लागि बजारसम्म ढुवानी गर्ने अवस्था छैन । तरकारी खाने मान्छे पनि यहाँ छैनन्”, उनले भने “खेतमा यत्तिकै राख्नु भएन, त्यसैले घरमा पालेका गाईभैंसीलाई खुवाउनु पर्यो ।” कार्की मात्रै होइन, खबराका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक पशुलाई खुवाउँदै आएका छन् । खबराका अधिकांश कृषकले व्यावसायिकरुपमा तरकारी खेती गरेका छन् । अधिकांशको घरमा एकदेखि चारवटासम्म पशु रहेका र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु पशुलाई तरकारी खुवाउन बाध्य भएका हुन् ।

गत बर्ष रु तीन लाख मूल्य बराबरको तरकारी बिक्री गरेका कार्कीले यस वर्ष विक्री गर्ने बेलामा एक महिनासम्म लकडाउन भएपछि बेनी बजारका मानिसहरु गाउँ उक्लिएकाले बिक्री गर्न नपाएको र खेतमा कुहेर खेर जानुभन्दा पशु चौपायालाई खुवाउन थालिएको कार्कीले बताए ।

म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल(मायालु डाँडा)को नजिकै रहेको खेतमा व्यावसायिकरुपमा नै तरकारी खेती गर्दै आएका कार्कीले लकडाउन भएपछि यहाँ फाट्टफुट्ट घुम्न आएका मानिसलाई निःशुल्क तरकारी दिएर पठाउने गरेको बताए । गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले बिक्री नहुने बताउँदै उनले लकडाउनका कारण सवारी साधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लान नपाएको गुनासो व्यक्त गरे ।

खबराकै अर्का किसान शोभित शर्माले दैनिकरुपमा जिल्ला प्रहरी कार्यालयमा तरकारी निर्यात गर्ने भएकाले उत्पादन भएको तरकारी पशुलाई नै खुवाउनु पर्ने वाध्यता नभएपनि बाहिर बिक्री गर्न नपाउँदा बचेको तरकारी खेतबारीमा नै खेर गएको बताए । त्यसैगरी रोहोटेका कषक हरिलाल घिमिरेको बारीमा लहलहै झुलेका बोडी, सिमी, काँक्रो लगायतका बेमौसमी तरकारीले बजार नपाएपछि आफ्नो श्रम र लगानी दुवै खेर गएको बताए । तरकारी मात्र होइन, घरमा पालेका भैंसीको दूधसमेत बिक्री गर्न नपाएको उहाँको गुनासो छ । दुईवटा भैंसी पालेका घिमिरेले दैनिक ५ लिटर दूध बिक्री गर्दै आएकोमा विगत एक महिनादेखि बिक्री नहुँदा दोहोरो नोक्सान भएको बताए। घिमिरेले पनि बारीमा रहेको तरकारी टिपेर भैंसीलाई खुवाउँदै आएको बताए।

जिल्लाका खबरा, बगरफाँट, रोहोटे, खान्दुला, अर्मन, रणबाङ, सिंगालगायतका किसान तरकारी र दूध बिक्री गर्न नपाउँदा समस्यामा परेको बताउँछन् । सरकारले राहत कार्यक्रम ल्याए पनि गाउँका साना किसानसम्म नुपुग्ने हो कि भन्ने चिन्ताले पनि उनीहरुलाई पिरोलिएको छ । जरबुटाका किसान नारायण जिसीले रु ४८ हजारको लगानीमा गत माघमा बारीभरी रायो, धनियाँ, लहसुन, बन्दालगायत तरकारी लगाउनुभएको थियो । तर बिक्री गर्ने समयमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि आफूले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्थामा पुगेको उनले बताए ।

जिल्लाका अधिकांश व्यावसायिक किसानको अवस्था अहिले समान रहेको छ । उनीहरुले लगाएको तरकारीले बजार नपाएपछि खेतबारीमा नै कुहेर जाने र पशुलाई खुवाउनु पर्ने समस्याबाट अहिले म्याग्दीका किसान पीडित छन् । किसानले बारीको तरकारी हेरेर मन दुखाउनु बाहेक अरु केही गर्न नसकिने उल्लेख गर्दै सरकारले राहतको व्यवस्था गरिदिए आफूहरुको मेहिनेत खेर नजाने र गुजारा चलाउन पनि सहज हुने बताए । लकडाउनका मौकामा बिचौलियासमेत सलबलाएको किसानको गुनासो छ । जसले गर्दा किसान र उपभोक्तालाई मार परेको उनीहरूको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE