Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सांसद कमला रोका कोभिड–१९ परीक्षण स्वास्थ्य सामग्री लिएर जिल्लामा

रुकुम । प्रतिनिधिसभा सदस्य कमला रोका कोभिड– १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) आईपुगेका छिन् । कोरोना भाइरस परीक्षणमा आवश्यक पर्ने थप सामग्री लिएर उनी जिल्लामा पुगेकी हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत विभिन्न संघसंस्थाको सहयोगमा १४ थर्मल गन, ४० थान पिपिई, मास्क र स्यानिटाइजरलगायत सामग्री काठमाडौँबाट ल्याइएको सांसद रोकाले जानकारीे दिए । उनका अनुसार सात थर्मल गन राप्ती हाइड्रोपावर प्रोजेक्टले उपलब्ध गराएको हो ।

तीन हजार १५० थान मास्क र दुई बाकस स्यानिटाइजर उद्योग मन्त्रालयले उपलब्ध गराएको हो । चालीस थान पिपिई भने महावीर पुनको आविष्कार केन्द्रले सहयोग गरेको उनले बताए । सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री रुकुमपूर्वमा अभाव भइरहेको गुनासो आइरहेका बेला विभिन्न ठाउँबाट थप ल्याइएका सामग्रीले सम्भावित कोरोना सङ्क्रमित व्यक्तिको स्वास्थ्य जाँचमा सहज हुने बताइएको छ ।

जिल्लामा आवश्यक सामग्री उपलब्ध गराउनका लागि विभिन्न ठाउँबाट पहल भइरहेकाले स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्क भएर बिरामीको सेवामा खट्न उनले आग्रह गरे । जिल्लामा ल्याइएका ती सामग्री आवश्यकतानुसार सबै स्थानीय तह र जिल्ला अस्पतालमा वितरण गरिने जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: