Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

भिटिएम किट आएपछि थप तीन स्थानमा स्वाब सङ्कलन

सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब सङ्कलन हुने भएको छ । भिटिएम आएपछि सङ्क्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन हुने भएको हो ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले ३२० भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी सप्तरी पठाएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । महाशाखाका फणीन्द्र ज्ञवालीले बोदे बर्साइन –५ जाँजर, सुरुङ्गा नगरपालिका–११ अरहा भजक्का र सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा केन्द्र स्थापना गरी स्वाब सङ्कलन गरिने बताए । स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने जनाइएको छ ।

स्वाब सङ्कलनमा खटिनुअघि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव र विश्व स्वास्थ्य सङ्गठनका किरण खड्काको उपस्थितिमा अस्पताल, स्वास्थ्य कार्यालय र पूर्व क्षेत्रीय प्रहरी अस्पताल, रुपनीका प्राविधिक स्वास्थ्यकर्मीले सुरक्षित साथ स्वाब सङ्कलनको प्रक्रियाबारे नमूना परीक्षण र अभ्यास गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझिया, वडा नं १२ चर्खिया र सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको पत्ता लागेपछि सो क्षेत्रमा तीव्र रूपमा आरडिटी गरिए पनि स्वाब परीक्षण हुन सकेको थिएन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy