Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

धारा नछोएर साबुनपानीले हात धुने व्यवस्था

काठमाडौं । कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर नगरपालिकाले कार्यालय भवन अगाडि र फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजारअगाडि जडान गरिएको छ । त्यस्तै पाँगा दोबाटो, नगाउँ दोबाटो, ढोकासी टोलमा पनि हात धुने स्टेसन जडान गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने सबैभन्दा प्रभावकारी उपाय साबुनले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुनु रहेको छ । तर भाइरस विभिन्न सतहमा ३ दिनसम्म बाँच्न सक्ने भएकाले धाराको नलजस्ता सतह सङ्क्रमित भई भाइरस सर्नसक्ने सम्भाव्यतालाई न्यूनीकरण गर्न स्पर्शरहित हात धुने स्टेसन स्थापना गरिएको स्टेसन जडानको प्राविधिक सहयोगी संस्था गुथीले जनाएको छ ।

यस स्टेसनमा खुट्टाले प्याडल दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने भएकाले हातले धारा छुनु पर्दैन । स्टेसन जडानपछि आगामी ३ महिनासम्म दिनहुँ पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा गुथीले गर्ने नगरपालिकाले जनाएको छ ।

प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा भने नगरपालिका र सम्बन्धित वडा कार्यालयले लिनेछ । फोहोरमैला व्यवस्थापनमा काम गर्ने मजदुर कर्मचारी, सुरक्षाकर्मी र निःशुल्क खाना खुवाउने स्थानलाई लक्षित गरेर छनोट गरिएको छ ।

हाल कोभिड सङ्क्रमणको जोखिम स्वास्थ्यकर्मीपछि फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने कर्मचारीमा बढी देखिन्छ । कीर्तिपुरमा १ सयभन्दा बढी फोहोरमैलामा काम गर्ने सफाइ मजदुरको सङ्ख्या रहेको नगरपालिकाले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणको लहर रोक्न साबुनपानीले हात धुने कार्य एक अत्यावश्यक रोकथामको उपाय रहेकाले हातले धारा नछोई हात धुने प्रविधि जडान गरिएको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy