बोस्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको अमेरिकामा बसोबास गर्ने अनुमतिपत्र (ग्रिन कार्ड) स्थगनको सघन प्रभाव पर्ने भएको छ । यो आदेशले नेपाल समेतका देशबाट अमेरिका आउन चाहने तत्कालै प्रभावित हुने छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - राष्ट्रपति ट्रम्पले बुधबार कार्यकारी अधिकार प्रयोग गर्दै अमेरिकामा स्थायी बसोबासका लागि चाहिने अनुमतिपत्र ग्रिनकार्डमा कडाइ गरेका छन् । नयाँ व्यवस्था दुई महिनाका लागि गरिएको हो । यो व्यवस्था ग्रिनकार्ड लिन तयार भएर बसेकाका लागि लागू हुनेछ । ह्वाइट हाउसले जारी गरेको नयाँ व्यवस्थाअनुसार नयाँ निर्णयले दुई महिनामा करिब ५२ हजार मानिस तत्कालका लागि अमेरिका आउनबाट वञ्चित हुने छन् ।
राष्ट्रपति ट्रम्पबाट जारी यो निर्णयबाट डीभी लटरी परेर अमेरिका आप्रवासका लागि आउन लागेका, अमेरिकी ग्रिनकार्ड लिएका वा अमेरिकी नागरिकले स्पोन्सर गरेका अमेरिकाबाहिर रहेका परिवारका अभिभावक वा श्रीमान् श्रीमतीहरू तत्काल अमेरिका प्रवेश गर्न पाउने छैनन् ।
यो नियम अमेरिकी नागरिकका ससाना छोराछोरीलाई भने लागू नहुने जनाइएको छ । त्यसैगरी विद्यार्थी, कृषि पेसाका कामदार, नर्स, डाक्टर, अमेरिकामा लगानी गर्ने विदेशी उद्योगीलाई समेत यो प्रावधान लागू हुँदैन । यस्तै अस्थायी भिसामा अमेरिका आउनेलाई पनि यो प्रावधानले कुनै फरक पर्ने छैन ।
कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अमेरिकामा बढेको र अब विस्तारै उद्योग व्यवसाय पनि खुल्ने भएकाले अमेरिकी नागरिकलाई काममा पहिलो प्राथमिकता दिने उद्देश्यले यो कार्यकारी आदेश ल्याइएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।
‘हाम्रो अर्थतन्त्र खुल्नासाथ सबै क्षेत्रका अमेरिकी नागरिकलाई काम र उनीहरूको स्वास्थ्य सेवामा पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यस्तो कार्यकारी अधिकार जारी गरिएको हो’ राष्ट्रपति ट्रम्पले स्पष्ट
पारेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: