Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पार्टी बैठक टार्दै ओली, नेकपामा अध्यादेश विवाद मत्थर नहुने संकेत

काठमाडौं । सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको २ अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - २० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका थिए। त्यसपछि बैठक कहिले बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति नजुटेको हो। ओली र दाहालले शुक्रबारदेखि दुई दिन बालुवाटारमा लगातार छलफल गरे पनि मिति टुंगो लाग्न नसकेको स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘उहाँहरू (प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल) छलफलमै हुनुहुन्छ। एक/दुई दिनमै बैठकको मिति टुंगो लाग्छ’, दाहालनिकट नेता यादवले भने।

ओलीले बैठक बोलाउन आतुरी देखाएका छैनन्। ‘प्रधानमन्त्रीले अध्यादेश फिर्तापछि तत्काल पार्टी बैठक आवश्यक नरहेको र नियमित बोलाउन अहिले कोरोनाका कारण समाजिक दूरीको कुरा आउनेछ’, ओलीले दाहालसँग व्यक्त गरेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘केही समयपछि बोलाउँदा पनि हुन्छ। संसद् अधिवेशन कसरी बोलाउने भन्ने तयारी र बजेट तयारीमा जुट्नुपर्ने भएकाले समयलाई हेरेर अहिले होइन, जेठ अन्तिममा बोलाऔं।’

स्थायी समिति सदस्यहरूले उठाएका विषय सम्बोधन भइसकेकाले तत्काल बैठकको औचित्य नभएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। उनले शनिबार वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाएर सचिवालय बैठक केही दिनमा बोलाउन सकिए पनि स्थायी समिति अलिक पछि बोलाउने जानकारी दिए। उनले शनिबारै उपाध्यक्ष वामदेव गौतमसँग पनि भेट गरेका थिए।

दाहाल, नेपाल र गौतमले भने स्थायी समिति सदस्यले माग गरेपछि विधानतः १५ दिनभित्रै बैठक बोलाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘अध्यादेश फिर्ता हुनु स्वागतयोग्य काम भए पनि यसबारे स्थायी समिति सदस्यहरूले माग गरेअनुसार समीक्षा आवश्यक छ। पहिले सचिवालय बैठक बोलाऔं, लगत्तै स्थायी समिति बैठकमा जाऔं। १५/१६ तिर स्थायी समिति बोलाउने गरी सोचौं’, प्रधानमन्त्रीसँग दाहाल र नेपालको प्रस्ताव छ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्यको मागका आधारमा बैठक तय गर्न अध्यक्षद्वयलाई आग्रह गरिरहेको बताए। ‘तत्काल बैठक बोलाएर समग्र विषयको अब समीक्षा आवश्यक छ’, वरिष्ठ नेता खनालले भने।

नेताहरू दौडधूपमा

चौतर्फी दबाबपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेश फिर्ता लिने निर्णय गरे। यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नेताहरूले पार्टी बैठक बोलाउनुपर्ने अडान छाडेका छैनन्। बैठक बोलाउन दाहाल र नेपालले दबाब दिइरहे पनि ओली तयार नदेखिएपछि नेताहरूबीच दौडधूप तीव्र छ।

ओलीले शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललगायत आफूनिकट नेतासँग छलफल गरे। उनले वरिष्ठ नेता नेपाल र अर्का नेता गौतमसँग सँगै र त्यसपछि दाहाललाई पनि बालुवाटार बोलाएर थप छलफल चलाए।

दाहाल र नेपाल पक्षका नेताले ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामाकै विषय उठाउन सक्ने छन्। यही कारण अप्ठ्यारो पार्ने देखिएपछि ओलीनिकट नेता तत्काल बैठक पर धकेल्ने र यो बीचमा असन्तुष्ट पक्षका नेतालाई मत्थर बनाउने प्रयासमा जुटेका देखिन्छन्। यसका लागि पनि ओलीका विश्वासपात्र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल शुक्रबारयता काठमाडौंमै छन्। उनले शुक्रबार कोटेश्वर पुगेर नेपालसँग छलफल गरेका थिए। शनिबार पनि उनले नेपालसँग नेता सोमप्रसाद पाण्डेको निवास शंखमूलमा पुगेर भेट गरे।

दाहालले शनिबार खुमलटारमा उपाध्यक्ष गौतम, स्थायी समिति सदस्य जनार्दन शर्मा, मातृका यादवलगायत नेतासँग छलफल चलाए।

महासचिव विष्णु पौडेल र नेपालबीच पनि शनिबार कोटेश्वरमा छलफल भयो। दाहालले शनिबार साँझ गृहमन्त्री रामबहादुर थापा र नेता शर्मासँग संयुक्त रूपमा भेटवार्ता गरे। यी आन्तरिक भेटघाट स्थायी समिति बैठक बोलाउनमै केन्द्रित रहेको नेताहरूको भनाइ छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy