Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बैठकबाटै ओलीको विकल्प खोज्ने तयारी

काठमाडौं । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए। नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए। दाहाल र नेपालनिकट २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रूपमा २ अध्यादेश ल्याएका थिए। चौतर्फी विरोधपछि ओलीले ५ दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए। पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE