Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

ओम्नीसँगको सम्झौतामा लेखाले थाल्यो छानबिन

काठमाडौं । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन अघि बढाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - यद्यपि उक्त खरिद प्रक्रिया रद्द गरेर कम्पनीको धरौटीसमेत जफत गर्ने निर्णय सरकारले गरिसकेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग खरिद प्रक्रियाका सम्पूर्ण कागजात एक साताभित्र उपलब्ध गराउन माग गरेको छ ।

समिति सचिव डा. रोजनाथ पाण्डेले अनियमित कामका विभिन्न प्रकरण बाहिर आएपछि समितिले छानबिन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो । ‘समिति सभापतिले सबैसँग परामर्श गरेपछि कागजात माग गर्न हामीले आज मन्त्रालयलाई पत्र पठाएका हौँ’ उनले भने, ‘कागजात प्राप्त भएपछि अध्ययन अनुसार छानबिनको प्रक्रिया अघि बढ्छ ।’

पत्राचारमा भनिएको छ, ‘स्वास्थ्य सेवा विभागमार्फत बिना प्रतिस्पर्धा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अगाडि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेका सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ । ’

स्वास्थ्य सेवा विभागमार्फत बिना प्रतिस्पर्धा ओम्नीसँग औषधि र उपकरण खरिद प्रक्रिया अगाडि बढाएको भन्दै आलोचना भएको थियो । विभागले भने सम्झौता अनुसार सामग्री ल्याउन नसकेको भन्दै खरिद रद्द गरेको थियो । ओम्नीले पहिलो चरणमा दस प्रतिशत सामग्री भने ल्याएको थियो ।

विभागले उक्त समूहसँग चीनबाट सामग्री ल्याउने गरी सम्झौता गरेको थियो । खरिद हुन लागेका सामग्रीको गुणस्तर र मूल्यको पनि प्रश्न उठाइएको थियो । चौतर्फी विरोध भएपछि उक्त खरिद प्रक्रिया रद्द गर्ने निर्णय भएको थियो । खरिद प्रक्रिया रद्द भएसँगै सरकारले नेपाली सेनालाई खरिद प्रक्रियाको जिम्मेवारी दिएको छ तर उक्त प्रक्रिया निष्कर्षमा पुगिसकेको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending