Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

नेकपामा विवाद उस्तै, ओलीको प्रस्ताव अमान्य

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ।

आजको अन्नपूर्ण पोष्ट देनिकमा खबर छ - पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचिवालय बैठक तय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘दुई अध्यक्षबीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने तय भएको छ’, वरिष्ठ नेता खनालले भने, ‘अब सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने विषयमा छलफल केन्द्रित गर्छ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा यो विवाद ‘भुसको आगोझैं’ सल्किएको छ। प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिए पनि त्यसले सल्काएको आगो अझै निभ्न सकेको छैन।

यो प्रकरणले पार्टी बदनाम, सरकार अलोकप्रिय भएको भन्दै नेकपाभित्र प्रधानमन्त्री ओलीको चर्काे आलोचना भइरहेको छ। पार्टीभित्र देखिँदै आएको त्रिपक्षीय शक्ति सन्तुलनमा अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता अर्काेतिर देखिएका छन्।

पार्टीभित्र यस प्रकरणको गम्भीर समीक्षा गर्दै ओलीले पार्टी र सरकारबाट निकास दिनुपर्ने भन्दै दाहाल–नेपाल पक्षका नेताले बैठक माग गरेपछि ओली आफ्नो प्रतिरक्षा र बैठक टार्ने मेसोमा लागेका बेला सचिवालय बैठक तय भएको हो।

दाहाल-नेपाल पक्ष स्थायी समिति बैठक बोलाई ओलीको विकल्पसमेत खोज्ने तयारी गरेपछि झगडा उत्कर्षमा पुगेको छ। दाहाल-नेपाल पक्षको समीकरणपछि पार्टी सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिमा पनि ओली अल्पमतमा परेका छन्। त्यसपछि उनी संकट टार्न अनेक प्रयासमा लागेका थिए।

उनले मंगलबार बैठक बोलाउने विषयकेन्द्रित छलफलका लागि अध्यक्ष दाहाललाई बालुवाटार बोलाएका थिए। त्यहाँ छलफल गरे पनि दुवै पक्ष अडानमै देखिएका छन्।

‘अध्यादेश प्रकरणपछि पार्टीभित्र उत्पन्न समस्याका विषयमा केन्द्रित रहेर नेताबीच आपसी छलफल/बहसहरू भइरहेका छन्। अहिलेको छलफल/बहसले निष्कर्ष दिँदैन। पार्टीका कमिटी बैठकबाटै निचोड हुन्छ भन्ने गरी छलफल हुनेछ’, दाहालका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले भने, ‘सिंगो देश एकातिर तर नेकपा र सरकार अर्काेतिर जस्तो देखापरेको छ। मंगलबारको छलफलमा प्रधानमन्त्री आफ्नै अडानमा हुनुहुन्छ, अध्यक्ष प्रचण्ड (दाहाल) र माधव नेपाल कमरेड आफ्नै अडानमा हुनुहुन्छ।’

ओलीको प्रस्ताव अमान्य

ओलीले नेपाल पक्षलाई मनाउन केन्द्र सरकारका मन्त्री, सचिवालय सदस्य हेरफेर गर्ने, मुख्यमन्त्रीहरू केही स्थानमा नेपाल पक्षका नेतालाई दिने, राजनीतिक नियुक्ति सहमतिमा गर्नेदेखि आगामी चैत अन्तिम साता तय भएको पार्टीको महाधिवेशन ६ महिना अघि सारेर उक्त महाधिवेशनमा नेपाललाई सहयोग गरेर जानेजस्ता प्रस्ताव गरेका थिए।

नेपालसँग भएको एक्लाएक्लैदेखि दुई पक्षका समूहमा भएको छलफलमा पनि ओलीले नेपालसामु यस्ता प्रस्ताव राखेको ओली पक्षका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए। अहिलेसम्मका छलफलमा नेपाल उक्त प्रस्तावमा सहमतिमा आउनै नचाहेकाले कुरा मिल्न नसकेको उनले सुनाए।

नेपाल पक्षले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद ओलीले छाड्नुपर्ने गरी अडान नछाडेकाले सहमति हुन सकेको छैन। उनीहरूले ओलीसँग अब उधारोमा सहमति नखोज्ने भन्दै ओलीको प्रस्तावमा सहमति जनाएको छैन।

२० स्थायी समिति सदस्यले १० वैशाखमा अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक माग गरेका थिए। त्यसपछि ओली आफूमाथि आइपर्ने संकट टार्न बैठक राख्न चाहिरहेका थिएनन्। ‘उहाँ (प्रधानमन्त्री) अझै स्थायी समिति बोलाइहाल्ने पक्षमा हुनुहुन्न। उहाँले अब टारेर टार्न सक्नुहुन्न’, स्थायी समिति सदस्य रघुजी पन्तले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE