Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

इबोलाको औषधि कोरोनाको बिरामीलाई प्रभावकारी भएको अमेरिकाको दाबी

एजेन्सी । अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको छ।

यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन। विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड-१९ का लागि यो रामवाण चाहिँ नहुने बताएका छन्।

यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहनेछ। इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो। यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।

अध्ययनले के देखायो ?
यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा १,०६३ जनाले भाग लिएको बताइएको छ। तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ।

इन्स्टिट्यूटका प्रमुख डा। एन्थोनी फाउची भन्छन्, \'तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ।\' यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड-१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए।

मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन।

यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११।६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्त्वपूर्ण नरहेको बताइएको छ।

अध्ययनले के देखाएन ?
त्यस्तै यो औषधिले कस्ता व्यक्तिलाई फाइदा भयो भन्ने पनि स्पष्ट छैन।

निको हुने क्षमता भएका बिरामीलाई छिटो निको बनाएको हो वा सघन उपचार आवश्यक पर्न सक्ने बिरामीलाई त्यो आवश्यक नपर्ने बनाएको हो भन्ने स्पष्ट छैन।

कुन उमेर समूहका व्यक्ति, अन्य स्वास्थ्य समस्या र सङ्क्रमणको कुन अवस्थामा औषधि उपयोगी भन्ने पनि खुलाइएको छैन।

के भन्छन् विज्ञहरू ?
युरोपेली सङ्घमा भइरहेको औषधिको परीक्षण हेरेका प्राध्यापक महेश पाल्मर भन्छन्, \'यो औषधि व्यापक रूपमा प्रयोग गर्नुअघि केही अन्य कुरा पनि हुनुपर्छ।\'

\'अधिकारीहरूले यो तथ्याङ्क र परिणामलाई हेरेर यसका आधारमा यसलाई अनुमति दिने निर्णय गर्नुपर्छ र त्यसपछि सम्बन्धित देशका स्वास्थ्य निकायहरूले यसको परीक्षण गर्नुपर्छ।\'

\'यसका लागि यसको लामो समयको तथ्याङ्क आवश्यक पर्छ र यसले जीवनरक्षा गर्न सक्छ कि सक्दैन भन्ने पनि हेर्नुपर्छ।\'

अक्स्फर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्वी भन्छन्, \'हामीले पूरा परिणाम हेर्नुपर्छ। पुष्टि भए अद्भभुत हुनेछ र कोभिड-१९ विरुद्धको सङ्घर्षमा यो खुसीको खबर हुनेछ।\'

चीनमा यही औषधि प्रभावकारी नभएको विवरण \'लान्सेट\' जर्नलमा प्रकाशित भएकै समयमा अमेरिकी दाबी सार्वजनिक भएको छ।

चीनमा गरिएको अध्ययन चाहिँ बिरामीको अभाव भएकाले पूरा हुन पाएको थिएन।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies