काठमाडौं । प्रधानमन्त्री केपी ओलीको नयाँ प्रस्तावप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संशकित देखिएका छन्। संघीय संसद्का प्रतिनिधि नै नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन्। दाहाल-नेपाल पक्षका नेताले त्यसलाई ‘हावादारी प्रस्ताव’को संज्ञा दिँदै स्वीकार गर्न नसकिने बताएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा तीन प्रस्ताव पेस गरेका थिए। कोरोना संकट टरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने, आफूपछि गौतमलाई संसद्मा ल्याएर प्रधानमन्त्री बनाउने अनि वरिष्ठ नेता नेपाललाई पार्टी विधान संशोधन गरी तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव थियो।
‘यो प्रस्ताव संविधानतः गलत छ। संविधानमा यसबारे कुनै प्रकारको प्रावधान छैन। यो स्थितिमा त्यो कसरी बन्छ ? , त्यो हावा कुरा हुन्छ’, दाहालनिकट स्थायी समिति सदस्य लीलामणि पोखरेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रियसभा सदस्य (गौतमलाई) बनाउन सचिवालयका नौ जनाले निर्णय गर्दा प्रधानमन्त्रीले नै कार्यान्वयनमा लैजानुभएन। अब राष्ट्रियसभामा नपुगेको र प्रतिनिधिसभामा नभएको व्यक्ति कसरी प्रधानमन्त्री बन्छ ? ’
राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने अधिकार छैन। अपरिपक्व प्रस्ताव सारेर प्रधानमन्त्रीले किन ‘जग हसाइँ’ गरेको भनेर उनले प्रश्न गरे। ‘नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव झन् हास्यास्पद छ’, उनले भने। संसारमा तीन अध्यक्ष आफूलाई थाहा नभएको उनले बताए। ‘यस्ता कुरा वैचारिक, राजनीतिक तथा सांगठनिक क्षेत्रमा देखापर्ने अपरिपक्व सोच हो वा कसैलाई केही पदको प्रलोभन दिएर आफूअनुकूल बनाउने प्रयास हो’, उनले भने।
नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले तेस्रो अध्यक्षको प्रस्ताव नेपालले स्वीकार नगर्ने बताए। ‘उहाँले तेस्रो अध्यक्ष स्वीकार गर्नुहुन्न। जहाँसम्म वामदेवजीको कुरा छ, त्यसमा पहिले उहाँ (प्रधानमन्त्री)ले राजीनामा दिनुपुर्याे। त्यसपछि मात्र को प्रधानमन्त्री बन्ने, के गर्ने भन्ने निर्णय पार्टीले लिने हो’, नेता पन्तले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्र क्षेप्यास्त्र फाल्न खोज्नुभएको हो। त्यसले काम गर्दैन।’ उक्त प्रस्ताव पुस २३ यता नेपालसँगको आफ्नो गठबन्धन भत्काउन गरेको चालबाजी रहेको दाहाल पक्षको बुझाइ छ।
ओली पक्षका नेताले भने प्रधानमन्त्रीले विवाद समाधानको विकल्पका रूपमा गम्भीर सोचविचार गरी सचिवालयमा प्रस्ताव ल्याएको जिकिर गरेका छन्। ‘प्रधानमन्त्रीले सिरियस रूपमै यस्तो प्रस्ताव अगाडि सार्नुभएको हो। विवाद समाधानमा एउटा विकल्पमा छलफल त हुनै पथ्र्याे। त्यही क्रममा उहाँले यस्तो प्रस्ताव अगाडि सार्नुभएको देखिन्छ’, संसदीय दलका उपनेता सुवास नेम्बाङले भने। उनले बिहीबार ओलीलाई भेटेर सचिवालयका विषयमा छलफल गरेका थिए। ‘प्रस्तावमा थप छलफल भएको छैन’, उनले भने, ‘नेताहरू औपचारिक/अनौपचारिक छलफलमा बस्ने कुरा गर्नुभएको रहेछ। हेरौं उहाँहरू (दाहाल-नेपाल) अब यस प्रस्तावमा कसरी आउनुहुन्छ ? ’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: