Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

विद्यार्थी भर्ना लकडाउनले रोक्यो

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहोर्याएर छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - केन्द्रका महानिर्देशक डा। तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै पुग्नुपर्ने भएकाले तत्काल सम्भव नभएको स्पष्ट पार्नुभएको छ । उहाँले अहिले सबै विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम र पुस्तकबारे जानकारी दिन अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गरिसकेको जानकारी गराउँदै भन्नुभयो– ‘सोही आधारमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

केन्द्रले कक्षा १–८ सम्मको पाठ्यसामग्री तयार गरी एजुकेसन पोर्टलमा राखिसकेको जनाएको छ । कक्षा ९ र १० को हकमा एफएल र टेलिभिजनमार्फत पठनपाठन गर्न मिल्ने गरी सामग्री तयारी गरिएको केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार सबै पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले तयार गरेको हो । अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सरकारी दाबी रहे तापनि त्यसका लागि पूर्वाधार तयार हुन सकेको छैन ।

केन्द्रका महानिर्देशक डा। थपलियाले पहिलो चरणमा रोकिएको परीक्षाफल प्रकाशित गर्र्ने र लगत्तै अनलाइनमार्फत पढाइ सुचारु गर्न सबै निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो पहिलो प्राथमिकता परीक्षाफल प्रकाशित गर्ने नै हो, त्यसपछि अनुकूलताको आधारमा अनलाइनबाट पढाइ शुरू गर्नु रहेको छ ।’ उहाँले केन्द्रले तयार गरेको सबै सामग्री प्रदेश सरकारलाई हस्तान्तण गर्ने र प्रदेशले व्यवस्थित पढाइ सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रले तयार गरेको पाठ्यक्रम प्रदेश सरकारलाई उपलब्ध गराउने र प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रदेश सरकारलाई जिम्मेवार बनाउन र विद्यार्थीलाई पढ्ने बानी बसाउन सातै प्रदेश सरकारलाई आग्रह गरेका छौं ।’

तर, सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने जनाए पनि त्यसको कसरी व्यवस्थापन गर्ने रु भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE