खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण गरेको हो ।
उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । “अहिले हाम्रो ध्यान कोरोना भाइरसको जोखिम हुन नदिन मात्रै केन्द्रित छ”, उनले भने, “तर यो बेला रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनुहुन्न । औषधि लिन जान नपाएर अप्ठ्यारामा परेका बिरामीलाई तत्काललाई १५ दिनसम्म पुग्ने औषधि ल्याएर निःशुल्क वितरण गरेका हौँ ।”
स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । लकडाउनका कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिएर समस्यामा परेका थिए ।
पहिलो चरणमा रु एक लाख ५० हजारमा खरिद गरेर ल्याइएको औषधि सम्बन्धित वडामा कार्यरत स्वास्थ्यकर्मीमार्फत यही वैशााख १२ गतेदेखि घर–घरमा पुगेर वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । नियमित औषधि सेवन गरिरहेका वडा नं १ याम्खाका ८०, वडा नं २ डाँडागाउँका ३३, वडा नं ३ छोरम्बुका ११, वडा नं ४ बतासेका ६७, वडा नं ५ सछितापोखरीका ३७, वडा नं ६ छितापोखरीमा २५ र वडा नं ७ टेम्माका ५५ जना बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले बताए ।
गाउँपालिकाले आफ्नो घरैमा निःशुल्क औषधि उपलब्ध गराएपछि नियमित औषधि सेवन गर्दै आएका बिरामीसमेत हर्षित भएका छन् । रुघाखोकी, झाडापखाला, ज्वरोलगायतका मौसमी रोग फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई रु पाँच लाख बराबरको जगेडा औषधिसमेत खरिद गरेर प्रदान गरेको छ ।
कतिपय बिरामीले आफन्त तथा स्वास्थ्यकर्मीमार्फत झिकाएर सेवन गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिसमेत अभाव हुने अवस्थामा पुगेको जनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि लकडाउनका कारण ढुवानी गर्न नपाउँदा अभाव हुने अवस्था आएको हो ।
एउटा मात्र सरकारी अस्पताल रहेको जिल्लामा सङ्घ तथा प्रदेश सरकारबाट नियमित आउने औषधि अहिलेसम्म एकपटक पनि नआएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधि जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहलाई वितरण गरिँदै आइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: