हेटौंडा । वाग्मती प्रदेशको प्रदेशसभा सञ्चालन गर्ने तयारी भएको छ । सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा भवनको निरीक्षणसमेत गरेका छन् । पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार छलफलमा भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।
निरीक्षणपछि मुख्यमन्त्री पौडेलले बजेट ल्याउने समय भएकाले प्रदेशसभा आह्वान गर्न जरुरी रहेको बताए । उनले चाँडै बैठक बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको जानकारी दिए ।
सो अवसरमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोना भाइरसको माहामारीको ख्याल गर्दै बैठक सुरक्षित र व्यवस्थित हुने बताए । प्रदेशसभा सदस्यहरुमा सङ्क्रमणको जोखिम कम गर्न आउजाउको समस्या कम गर्नका लागि सदस्यहरुलाई राजधानी हेटौँडामा सुरक्षित बासस्थानको व्यवस्था गरिने जानकारी दिए । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताए ।
मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियालगायतले प्रदेशसभा भवनको अवलोकन तथा निरीक्षणमा गरेको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: