Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

नेपालगन्जमा एकै दिन १५ संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख

काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो।

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ। यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन्।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले नेपालगन्जमा फैलिएको संक्रमणको अवस्था तेस्रो चरणतर्फ प्रवेश गरेको संकेत रहेको बताए। ‘धेरैको परीक्षण हुन बाँकी रहेकाले संक्रमण समुदायमा पुगेको संकेत छ’, उनले भने, ‘केही दिनमा पुष्टि त होला।’

सीमावर्ती नेपालगन्जमा सात वर्षकी बालिकादेखि ५८ वर्षसम्मका व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीमध्ये ८ पुरुष र ७ जना महिला रहेको जानकारी दिए। नेपालगन्जकै मदरसामा पढाउँदै आएका एक शिक्षकको परीक्षण गर्दा शुक्रबार पोजिटिभ देखिएको थियो। संक्रमित सबैको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण भेरी अञ्चल अस्पतालमा गरिएको थियो।

६० वर्षीय ती शिक्षकको लापरवाहीबाट अन्यमा पनि संक्रमण भएको ‘कन्ट्याक्ट ट्रेसिङ ’ र ‘ट्राभल हिस्ट्री’ खोजबिनमा संलग्न स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए। सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आए पनि उनले घरघर पुगेर पढाउँदै आएका थिए। ती शिक्षक दुई महिनाअघि भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका थिए। प्रदेश ५ मा १० हजार ६ सय ६७ जना अझै क्वारेन्टाइनमा छन्। मुलुकभरमा संक्रमितको संख्या ७५ पुगेको छ। यीमध्ये १६ जना निको भएर घर फर्किएका छन्।

यसअघि वैशाख दोस्रो साता उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पनि एक साता अवधिमा २८ जनामा संक्रमण पुष्टि भएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE