Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

अध्यक्षको कार्यविभाजन ४ मंसिरकै निर्णयका आधारमा

काठमाडौं । सत्तारुढ दल नेकपाका २ अध्यक्षको कार्यविभाजन गत मंसिर ४ कै निर्णयका आधारमा हुने भएको छ। त्यस बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन गर्ने समझदारी भएको थियो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - २ अध्यक्षबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा त्यही कार्यविभाजन कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो। त्यस क्रममा कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारीसहितको प्रस्ताव तयार पार्ने समझदारी बनेको हो। यसबारे स्थायी समितिमा छलफल गर्ने गरी प्रस्ताव तयार पार्न अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ।

‘स्थायी समिति बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष दाहाल र मलाई छ। धेरै समस्याका विषय केही छैन। काम थालिसकेका छैनौं, थालेपछि एक चरणको बसाइमै हामी सकाइहाल्छौं’, महासचिव पौडेलले भने, ‘प्रस्तावका विषय के कसरी तयार पार्ने भन्नेमा हामी प्रवेश गरेका छैनौं। बस्नेबित्तिकै टुंग्याइहाल्छौं।’

दाहालनिकट १ स्थायी समिति सदस्यले पुरानै सहमतिलाई व्यावहारिक कार्यान्वयन कसरी गर्ने भन्नेमै प्रस्ट पारेर जाने गरी प्रस्ताव तयार पार्ने समझदारी २ अध्यक्षबीच भएको बताए। ‘उहाँहरूबीच गत मंसिरमा सचिवालयले गरेको कार्यविभाजनकै मोडेलमा फर्केर परिभाषित जिम्मेवारीलाई व्यावहारिक कार्यान्वयन गर्ने गरी ठोस प्रस्ताव अबको स्थायी समितिमा लैजाने प्रस्ताव अब तयार हुन्छ’, ती नेताले भने, ‘त्यसकै लागि दुई अध्यक्षले छलफल गर्नुभएको छ।’

दाहाल र पौडेलले बुधबार बिहानसम्म प्रस्ताव तयार पार्नेछन्। त्यसका लागि उनीहरू मंगलबार छलफलमा बस्नेछन्। मंसिरमा भएको सहमतिअनुसार ओली र दाहालको वरीयता यथावत् रहने, ओली प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रित हुने, दाहाल कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने र बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने तय छ। आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने, राजनीतिक स्थायित्वको सन्देश दिन प्रतिनिधिसभाको यस कार्यकालभर सरकारको नेतृत्व ओलीले गर्ने बाँडफाँटको समझदारी भएको थियो। पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको सल्लाहमै हुने पनि त्यसमा उल्लेख थियो।

अध्यादेश प्रकरणले पार्टीमा उत्पन्न विवाद मिलाउन शनिबार सचिवालय बैठक बसेको थियो। त्यसमा भएको सहमति र भावनाअनुसार अबको सचिवालयमा पहिले प्रस्ताव पेस गर्ने र त्यसलाई नै स्थायी समिति बैठकमा लैजाने समझदारी नेताहरूबीच छ। ओलीसँग कार्यविभाजन भए पनि दाहालले पार्टीमा व्यावहारिक रूपमा कार्यकारीको भूमिका निर्वाह गर्न पाएका थिएनन्।

पार्टीको निर्णय र निर्देशनमा सरकार पनि सञ्चालन नभएपछि असन्तुष्टि बढेको थियो। २० वैशाखमा सचिवालय बैठकअघि भएको छलफलमा प्रधानमन्त्री ओलीले दाहाललाई ‘तपाईं पार्टी चलाउनुहोस्, म पार्टीको निर्देशनमा सरकार चलाउँछु, पुरानै सहमतिमा फर्काै’ भन्ने प्रस्ताव गरेका थिए। त्यसपछि पार्टीको विवाद मत्थर देखिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE