Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेकपाभित्र किचलो बढ्दै, असन्तुष्ट स्थायी कमिटी सदस्यले गरे छुट्टै भेला

काठमाडौं । स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपाका स्थायी कमिटी सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा छुट्टै भेला गरेका छन् । स्थायी कमिटी बैठकको माग गर्ने २० स्थायी कमिटी सदस्यहरुले भेला गरेका हुन् ।

भेला गर्ने स्थायी समिति सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका हुन् । बिहिबार भएको भेलाले स्थायी कमिटी बैठक तत्काल बोलान नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । भेलामा उपस्थित भएका उनीहरुले पार्टी विधानलाई लत्याएर स्थगित गरिएको भन्दै अध्यक्षद्वय केपी ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेरै दबाब दिने निर्णय गरेका हुन् ।

गत वैशाख २० मा बसेको नेकपा सचिवालय बैठकले आजबाट स्थायी कमिटी बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । तर बुधबार बसेको सचिवालय बैठकपछि अध्यक्ष ओली र प्रचण्डले स्थगित गर्ने निर्णय गरेका थिए । जुन निर्णयबाट अधिकांश नेता तथा कार्यकर्ता असन्तुष्टसमेत बनेका छन् ।

अध्यादेश प्रकरणपछि गत १० वैशाखमा २० सदस्यहरुले स्थायी समिती बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई छुट्टै ज्ञापनपत्र बुझाएका थिए । लिखित रुपमा बुझाएकाे मागपत्रलाई समेत सुनुवाई नगरिएपछि नेताहरु आक्राेशितसमेत भएका छन् । कतिपय स्थायी समिति सदस्यले सचिवालय खारेज गरि स्थायी समितिमार्फत निर्णय गर्न माग गरेका छन् ।

नेकपाभित्र २० स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल,  जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली,  रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र  हरिबोल गजुरेलले निरन्तर बैठककाे माग गर्दै आएका छन् । 

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending