Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

लकडाउनको सदुपयोग : भूकम्पपीडितका घर ठडिए, घरबारविहीनलाई बनाइदिए गाउँलेले घर

गलेश्वर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्पपीडितले घर निर्माण गरेका छन् ।

विसं २०७२ को महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका–२ बगरफाँटका ६ जना व्यक्तिले लकडाउन समयको सदुपयोग गरी निजी घर निर्माण गरेका हुन् । बेनी नगरपालिका–२ बगरफाँटका नरबहादुर कार्की, गोविन्दप्रसाद शर्मा, भीमबहादुर कार्की, धनबहादुर कार्की, धु्रवप्रसाद शर्मा र बेदप्रसाद उपाध्यायले जिल्ला आयोजना कार्यान्वय इकाइ पुनःनिर्माण प्राधिकरणको मापदण्डअनुसारका घर निर्माण गरेका हुन् ।

प्राधिकरण म्याग्दीका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार म्याग्दी जिल्लामा पछिल्लो समय भूकम्प प्रभावितको निजी आवास निर्माणको कामले तीव्रता पाएको छ । भूकम्पबाट प्रभावितमध्ये म्याग्दीमा ८८४ र छुट तथा पुनःसर्वेक्षणबाट १८० गरी कूल एक हजार ६४ जना लाभग्राही रहेका छन् । २०७२ सालको सर्वेक्षणबाट देखिएका ८८४ लाभग्राहीमध्ये हालसम्म ५१५ लाभग्राहीले घर निर्माण गरेर तेस्रो किस्ता रकम बुझिसकेका छन् । त्यसैगरी ५८४ जनाले दोस्रो र ८०१ जनाले पहिलो किस्ता लिएका छन् ।

छुट तथा पुनःसर्वेक्षणबाट देखिएका १८० भूकम्पपीडितमध्ये हालसम्म १४० जनाको सम्झौता भएर आएको र उनीहरुको आवास निर्माणको प्रक्रिया लकडाउन खुलेपछि शुरु हुने आयोजना प्रमुख रिजालले बताए । प्रमुख रिजालका अनुसार म्याग्दीमा हालसम्म निजी आवस पुनःनिर्माणको ६४ प्रतिशत प्रगति भएको छ ।

घरबारविहीनलाई गाउँलेले बनाइदिए घर

त्यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् ।

लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् । आफन्तले उपलब्ध गराएको जग्गामा तीनकोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाइलाई सहयोग जुटाइरहेको बताए।

“लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु, श्रमदानसमेत गरेर घरवारविहीनको घर बनाउँदैछौँ”, उनले भने । लकडाउनको फुर्सदमा कुनै काम गर्ने योजना बनाइरहेको अवस्थामा एउटा मानवीय र परोपकारी कार्यमा समय दिन पाएको उनको भनाइ छ । “केहीदिनमै घर ठडिन्छ, लकडाउनले सिर्जनात्मक काम गर्नेलाई असर गरेको छैन”, उनले भने । श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने, ब्लक खरिदमा समेत सघाइरहेका छन् भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ ।

घर बनाउन अझै केही आर्थिक आवश्यकता रहेको खत्रीको भनाइ छ । चारजनाको परिवारलाई भान्सा कोठासहितको घर बनाउने अभियानमा स्थानीय युवाले समेत सघाइरहेका छन् । घर बनाउन करिब रु चार लाख खर्च हुने अनुमान गरिएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई संयोजक खत्रीले धन्यवाद दिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE