काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका साथ अघि बढ्न पनि आग्रह गरेका हुन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - संघीय संसद्को छैटौँ अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेको कारण प्रधानमन्त्री ओलीले सांसदलाई लिखित अनुरोध गरेको बताइएको छ । संसद्को दुवै सदनका बैठकहरू छोटा छरिता र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने भन्दै उनले सदनमा दलका एकता र विषयगत एकरूपता देखिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले छलफलका औचित्य, आवश्यकता र सम्भावना हेरी साना भेटघाट आयोजना गरिने जानकारी दिएका छन् । उनले राष्ट्रिय परिस्थितिअनुरूप संसद् सुरू हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकिएको प्रसङ्ग उल्लेख गरेका छन् ।
निर्देशनमा प्रधानमन्त्री ओलीले कोरोना भाइसरबाट बच्न सामाजिक दूूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूको सुझाव पनि उल्लेख गरेका छन् ।
लिखित निर्देशनमा तोकिएको मापदण्ड अनुसार सिट व्यवस्थापनलगायतका आवश्यक तयारी गर्न सम्भव नभएकोले बैठक हुन नसकेको जानकारी गराइएको छ । यद्यपि संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: