काठमाडौं । परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ । चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालय स्रोतको दाबी छ ।
चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र निर्यातका लागि प्रमाणपत्र दिने गरेको छ । सोही प्रक्रिया पुरा गर्न समय लागेको रक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।
चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेका कारण सामग्री ल्याउन केही समय लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ‘स्वास्थ्य सामग्री ल्याउन हामीले नेपाल एयरलाइन्सको जहाज तयारी अवस्थामा राखेका छौ । चीनले भन्सार क्लियरेन्स दिनेबित्तिकै ती सामग्री ल्याउँछौ ।’ चिनियाँ पक्षले पनि भन्सार क्लियरेन्सको काम नसकिएको जवाफ नेपाली सेनालाई दिएको छ ।
स्थलमार्गबाट आउने केही सामग्री भने ग्वान्झाउबाट नेपालका लागि छुटिसकेको छ । चीनको ग्वान्झाउ विमानस्थलमा हवाई माध्यमबाट पहिलो चरणमा नेपाल ल्याउनुपर्ने झण्डै ४८ टन स्वास्थ्य सामग्री थन्किएको हो । स्थलमार्गबाट ल्याइने झण्डै ३० टन स्वास्थ्य सामग्रीहरु भने ग्वान्झाउबाट हिंडिसकेको छ । ती सामग्रीहरु तातोपानी नाका हुँदै अर्को हप्तासम्ममा काठमाडौ आउने बताइएको छ ।
नेपाली सेनाले कोरोना भाइरस रोकाथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ । बाँकी सामग्रीहरु क्रमशः ल्याइने सेनाले जनाएको छ ।
सेनाले स्वास्थ्य सामग्री उपलब्ध गराउने चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर ९२ अर्ब २० करोड रुपैयाँ वढी० अग्रिम भुक्तानी गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: