काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् ।
यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ । यो मार्गबाट सवारी लिएर जान पूर्वाधार नभए पनि पैदल हिँड्ने मानिस हुन्छन् ।
नगर प्रमुख उद्धवप्रसाद खरेल सो नाकाबाट आउन निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले नै कडाइ गरेको जानकारी दिए । सो नाकाबाट भन्दा रातारात तराईबाट आउनेका कारण नगरवासीमा त्रास फैलिएको उनले बताए।
“हिजो रातिमात्र लहानबाट बिरामी आएपछि स्थानीयवासीमा त्रास फैलियो, क्वारेन्टाइनमा व्यवस्थितरुपमा राख्ने व्यवस्थासमेत नभएकाले घरमै बस्न भनिएको छ, तीन दिनबीचमा तराईबाट रातारात आउनेको सङ्ख्या नगरपालिकामा १०० पुगिसकेको छ”, उनले भने ।
गोकर्णेश्वरबाट पनि निकुञ्जकै बाटो हुँदै सिन्धुपाल्चोक र नुवाकोट जाने बाटो छ । गोकर्णेश्वरबाट भने दुवै जिल्ला जाने सडकसमेत रहेकाले नेपाली सेनाले नै आवतजावतमा कडा गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।
नगरपालिकाको वडा नं १ स्थित निकुञ्जभित्रको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्तीका मानिसलाई पास दिएरमात्र आवतजावतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । बाहिर जिल्लाबाट आउनेलाई भने स्थानीय युवाले नै प्रवेश निषेध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको निकुञ्ज क्षेत्रबाट पनि दुवै जिल्लाका मानिस हिँडेर आउन सक्ने बाटो छ । यो बाटोमा पनि सेनाले नै कडाइ गर्न लागेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छिर्ने दुई नाका भएको शङ्खरापुर नगरपालिकाले दुवैतिर कडाइ गरेको छ । नगरपालिकाको वडा नं ३ जहरसिंह पौवामा आज बिहानैदेखि युवा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले संयुक्तरुपमा हिँडेर आउने मानिसलाई रोक लगाएका छन् ।
वडाध्यक्ष सन्तबहादुर वाइवा स्वतःस्फूर्तरुपमा स्थानीय युवा सक्रिय भएर जनप्रतिनिधिको दबाबमा समेत मानिस छिर्न नदिने भनी निगरानी गरिरहेको बताउछन् । स्थानीय युवाले जहरसिंहबाट साँखु झर्न वडा नं १, २ र ३ का मानिसलाई समेत प्रतिबन्ध लगाएका छन् ।
यसैगरी नगरपालिकाको वडा नं ५ को कात्तिक नाकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक छिर्न प्रतिबन्ध लगाइएको अध्यक्ष शेरगम्भीर थापाले बताए । दिउँसो स्थानीयवासी युवाको सक्रियतामा रोकिए पनि राति हिँड्नेका कारण समस्या आएको उनले सुनाए। उपत्यका बाहिरबाट भित्रिएका तीनजनामा मङ्गलबार कोरोना भेटिएपछि आजदेखि सबै नाकामा कडाइ गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: