काठमाडौं । नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि भएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य अनुसन्धानका लागि कुनै पनि नेपाली नागरिकको नमुना विदेश पठाउनुपूर्व नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले दुई महिनाअघि पहिलो संक्रमितको नमुना अनुमति विना बाहिर पठाएको फेला परेको बताए ।
विना अनुमति विदेशी संस्थालाई अनुसन्धान गर्न नमुना पठाएको भन्दै परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झा, डाक्टरद्वय डा। रञ्जित शाह र डा। हेमन्तचन्द्र ओझा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका पूर्व निर्देशक डा। वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्व निर्देशक डा। विवेककुमार लाल र कोरोना उपचारमा संलग्न डा। अनुप बाँस्तोलालाई स्पष्टिकरण सोधेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञ पनि नेपाली युवाको नमुनाको अनुसन्धानमा सामेल थिए । परिषद्ले स्पष्टीकरण सोधेपछि डा। शाहले भने परिषद्का पदाधिकारीलाई भेटेर गल्ती स्वीकारेको स्रोतले जनाएको छ ।
सदस्यसचिव डा। ज्ञवालीका अनुसार नेपालमा देखिएको भाइरसको प्रभावकारिता जाँच गर्नका लागि यो जिन आवश्यक पर्छ ।
उनले भने, ‘नेपालीको जिन यहीँ सुरक्षित हुनुपर्छ, यो विभिन्न औषधि भ्याक्सिनहरू बनाउनका लागि प्रयोग गरिन्छ । अनुमति लिएर लगेको जिनबाट औषधि वा कुनै भ्याक्सिन बनाएमा त्यस्तो कम्पनीले केही वर्षसम्म निःशुल्क औषधि वा भ्याक्सिन नेपाललाई दिनु पर्छ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: