काठमाडौं । कोभिड–१९ का बिरामी कति दिनमा निको हुन्छन् रु नेपालमा कोभिडका बिरामी औसत २० दिनमा निको भइरहेका छन् । चीनको वुहानदेखि युरोप, अमेरिका हुँदै भारतसम्म दाँज्दा नेपालमा बिरामी निको हुने दर सबैभन्दा कम रहेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना संक्रमण देखिएका पाँच सय ८४ जनामध्ये ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ । जसअनुसार निको हुने बिरामी १२ प्रतिशत मात्रै छन् ।
यो विश्वको अनुपातमा एकदमै कम हो । विश्वमा ४० प्रतिशत संक्रमित निको भएका छन् । तर, नेपालमा भने अन्य देशको तुलनामा निको हुने दर न्यून रहँदा विज्ञहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुन अमेरिका, भारत, पाकिस्तानलगायत देशको अनुपातमा नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर न्यून रहेको बताउँछन् । अमेरिकामा २४, भारतमा ४१ र पाकिस्तानमा ३१ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
तर, नेपालमा भने निको हुने प्रतिशत बढ्नुपर्नेमा घट्दै गएको छ । डा।पुन भन्छन्, ‘सुरुका दिनमा केसहरू फेला परेका थिएनन्, निको हुने दर बढी थियो, तर अहिले दैनिक केस बढेका छन्, त्यसैले पनि निको हुनेको दर घट्दै गएको हो ।’
कोभिडको औषधि छैन । विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिएको लक्षणका आधारमा औषधि चलाउँदै आएका छन् । नेपालमा पनि चिकित्सहरूले त्यसरी नै उपचार गरिरहेका छन् । शनिबारसम्मको तथ्यांकअनुसार संक्रमितहरू नौदेखि ३५ दिनसम्म अस्पताल बसेका छन् । संक्रमितको औसत अस्पताल बसाइ २० दिनको रहेको छ ।
कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार कोरोना अरूमा फैलिन नदिन संक्रमितलाई एउटा छुट्टै कोठा ९आइसोलेसन०मा राख्ने गरिएको छ । त्यसबाहेक अन्य थप विशेष उपचार केही हुँदैन ।
संक्रमितलाई ज्वरो आए पारासिटामोल, खोकी, घाँटी खसखस गर्दा र चिन्ता बढ्दा त्यहीअनुसारको औषधि मात्रै खुवाउने गरिएको छ । अस्पताल भर्ना भएका संक्रमितमा सामान्य लक्षणबाहेक कुनै पनि जटिलता देखिएको छैन । तर, तीन जनाको मृत्युले भने सोच्न बाध्य बनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: