काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो ।
सुनचाँदी व्यवासायी महासङ्घले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रष्टीकरण दिएको छ । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ । महासङ्घका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासङ्घले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले रत्न तथा आभूषण महासङ्घका तर्फबाट सुनचाँदीको मूल्य सार्वजनिक भएसँगै बजारमा अन्योल सिर्जना भएको बताए। “सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको छ, लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय बन्द छन्”, उनले भने, “दरभाउ निकाल्ने विषयमा आभूषण महासङ्घकातर्फबाट जानकारी माग भएको थियो, हामीले सरोकारवालासँग छलफल गरेर तय गरौँला भन्यौँ, तर उनीहरुले मूल्य तोकिदिनुभएछ ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा सुनको भाउ तय गर्ने तयारी गरिएको उनले बताए । अध्यक्ष सुनारले जिल्ला जिल्लाबाट व्यवसायीले नयाँ मूल्य तोकेर दिन आग्रह गर्दै आएको पनि जानकारी दिए । सुनचाँदी व्यवसायी महासङ्घले विज्ञप्ति जारी गरेरै लकडाउन शुरु भएयता अन्य व्यवसायजस्तै सुनचाँदी व्यवसाय पनि बन्द रहेको र यस अवधिमा दर प्रकाशन नभएको जनाएको छ । महासङ्घले अर्को सूचना प्रकाशित नभएसम्म दैनिक दरभाउ प्रकाशन नगर्ने पनि स्पष्ट पारेको छ ।
यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ । महासङ्घको यही जेठ १२ गतेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै आजदेखि नयाँ मूल्य सार्वजनिक गरिएको महासचिव कृष्णलाल महर्जनले जानकारी दिए ।
रत्न तथा आभूषण महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८९० निर्धारण गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: