Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

भारतबाट आएकालाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम ह्वात्तै बढ्यो

घोडाघोडी । भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।

कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश भित्रिएको तथ्याङ्क छ । नेपाल–भारत सीमा गौरिफन्टा नाकाबाट जेठ २ गतेबाट स्वदेश फर्कने नागरिकको उद्धार थालिएकामा हालसम्म २३ हजारभन्दा बढीलाई नेपाल प्रवेश गराइसकिएको छ । जेठ २ गतेबाट नेपाल भित्र्याउन थालिएकामा सबैभन्दा बढी १३ गते पाँच हजार २४२ भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताएका छन् । “शुरुमा भित्रनेको सङ्ख्या कम हुँदा त्यो प्रयास गरेकै हौँ तर त्यसको केही समयकै आउनेको सङ्ख्या पनि बढ्यो र स्वास्थ्य सामग्री अभाव भएपछि हामीले परीक्षण रोक्नुपर्ने बाध्यता भयो”, जोशीले भने । अहिले परीक्षणबिना नै सम्बन्धित स्थानीय तहमा नागरिकलाई पठाइरहेको उनको भनाइ छ ।

भारतबाट फर्किएकालाई यसरी स्वास्थ्य परीक्षण नगरी सोझै पालिकामा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने चिन्ता बढेको छ । तर, प्रदेश सरकारले भने परीक्षणको व्यवस्था मिलाउन सकेको छैन । जोखिम क्षेत्रबाट आएकालाई सोझै पालिकामा पठाउने प्रदेश सरकारको कार्यप्रति कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले विमति जनाए । उनले भने, “प्रदेश सरकारले सीमामै भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिदिएको भए गज्जब हुने थियो, सङ्क्रमणको डर पनि हट्ने थियो तर त्यसो भएन ।”

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी पनि प्रदेश सरकारको कामदेखि असन्तुष्ट हुनुहुन्छ । नगरप्रमुख चौधरी प्रत्येक दिन भारतबाट कम्तीमा १०० जना आफ्नो पालिकामा आइरहेको हुनाले व्यवस्थापनमा समस्या भएको बताउछन् । त्यसका साथै सही व्यवस्थापन नगरेका कारण कोरोनाको जोखिम अझै बढ्न सक्ने अनुमान रहेको प्रमुख चौधरीले बताए ।

यता सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राखेपछि उनीहरूको परीक्षण गरेर घर पठाउने अवस्था बताउछन् । उनले सुदूरपश्चिममा आवश्यक स्वास्थ्य सामग्री खरिद भएर आउने क्रममा रहेको हुनाले परीक्षणको दायरा बढ्ने बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE