Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बाँच्न पाउने हक सुनिश्चित गर्न आयोगकाे माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराइले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा विगत केही समययता शृङ्खलाबद्धरूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी दोषीलाई कारवाही गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।

आयोगले रुपन्देही जिल्ला देवदह नगरपालिका–११ की १३ वर्षीया बालिकामाथि यही जेठ ९ र १० गते भएको भनिएको बलात्कार घटना र उनको शङ्कास्पद मृत्युप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनापश्चात दोषीलाई कानूनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएपछि अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको निज बालिका अङ्गिरा पासीको शङ्कास्पद मृत्युका सम्बन्धमा आयोगको प्रदेश कार्यालय बुटवलले स्थलगत अनुगमन गरेको छ ।

छुवाछूत तथा भेदभावविरुद्धको हक तथा सबै प्रकारका भेदभावविरुद्धको महासन्धि १९७९ विपरीत भएकाले बलात्कारका आरोपितका साथ लगाइ बालिकालाई आरोपितको घर पठाउनेहरु उपरसमेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याइ कारवाही गर्न आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजमा शृंखलाबद्धरूपमा भइरहेका यसप्रकारका घटना बालअधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्ने गरी व्यवस्था गरिएको नेपालको संविधानले बालबालिकाको बाँच्न पाउने हकको सुनिश्चित गरेको भए पनि पछिल्लो दिनमा यस्ता घटना भइरहेका विज्ञप्तिमा जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending