Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न्न नपाएको बताइन्।

“बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धराशायी हुनबाट बचाउनुपर्छ”, सांसद कडरियाले भनिन्,“कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ ।” नेकपाकै कोमल ओलीले प्रदेश नं ५ का १२ जिल्लामध्ये १० जिल्लामा ६४२ सङ्क्रमित भइकेको र दाङमा ६ हजार क्वारेन्टिनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सोही दलकी उदया शर्मा पौड्यालले कोरोना महामारीका बेला संसद् सचिवालयलगायत सबै क्षेत्रमा काम गर्ने कर्मचारीको मनोबल उच्च पार्नुपर्ने सुझाव दिइन्। उनले विपद्का बेलामा रोजीरोटी कटौती गर्ने गरी कर्मचारी कटौती गर्न नहुने पनि बताइन् ।

नेकपाका खिमकुमार विकले रकुम –पश्चिमको घटनाका विषयमा सरकारले बनाएको उच्चस्तरीय अनुसन्धान समितिलाई सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराए । सोही दलका चक्रप्रसाद स्नेहीले छोटो समयमा देशभरि नै दलितमाथि बर्बरतापूर्ण घटना भएको जनाउँदै त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरे ।

नेपाली कांग्रेसकी तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको तर स्वास्थ्य सामग्री कम भएको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE