Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रङ्को पास मात्रै मान्य हुनेछ ।

यही १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ ।

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चा पदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास चाहिने छैन । यस्तै सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको छ । माथि उल्लेखितबाहेकका सवारी तथा पैदलयात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका दृष्टिले मुलुक पनि जोखिम परेको भन्दै गत चैत ११ गतेबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

यसअघि गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र जारी गर्दै काठमाडौँ उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न भनिसकेको छ । लुकीछिपी हुने प्रवेशलाई समेत रोक्न आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पाटीप्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्यस्थलहरुलाई क्वारेन्टिन बनाउन र क्वारेन्टिनमा बस्ने व्यक्ति स्वयंले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टिन प्रयोजनका लागि लागत सङ्कलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन पनि भनिएको छ ।

गृहले काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी गरी सोको रिपोर्टसाथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने निर्णय गरिसकेको छ ।

भित्री सडकमा भीडभाड कायमै, गाडीको चाप बढ्यो

काठमाडौँको भित्री सडक तथा गल्लीमा भने मानिसको भीडभाड कायमै छ । त्यहाँ सामाजिक दूरीसमेत कायम गरेको पाइएको छैन । पछिल्लो समयमा उपत्यकामा पनि साना सवारी र मोटरसाइकलको चाप बढ्दो छ । पैदलयात्रुसमेत बढिरहेको पाइन्छ । मुख्य सडक, गल्ली तथा भित्री सडकमा अनावश्यक भीडभाड भएको पाइएकाले सचेत हुन स्थानीय प्रशासनले अनुरोधसमेत गरेको छ । भित्री सडकमा बिहान १० बजेसम्म अत्यावश्यक वस्तु खरिदका लागि खुला गर्ने गरिएको छ । त्यसपछि प्रहरीले स्थानीयलाई हटाउने र पसल बन्द गर्दै आएका छन् । तर प्रभावकारी हुनसकेको छैन ।

सङ्क्रमणदर बढ्दै गएकाले सरकारले बन्दाबन्दीको अवधि थप्दै आएको छ भने विकास निर्माण तथा औद्योगिक क्षेत्रको कामकारवाहीमा खुकुलो बनाउँदै आएको छ । तर आवागमनमा भने अझै कडाइ गर्नुपर्ने अवस्था रहेकाले बन्दाबन्दी कायमै राखिएको हो । मुलुकमा कोभिड–१९ का कारण हालसम्म आठ जनाले ज्यान गुमाएका छन् भने एक हजार ८०० भन्दा बढीमा सङ्क्रमण देखिइसकिएको छ । पछिल्ला केही दिनमा भने तीन अङ्कको सङ्क्रमण वृद्धिदर छ ।

मुख्यगरी भारतको खुला सीमाका कारण सीमावर्ती जिल्लामा लुकीछिपी मानिस प्रवेश गर्दा बढी सङ्क्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो चरणमा सरकारले परीक्षणको दायरा बढाउँदै लगेको र क्वारेन्टिनको क्षमतासमेत बढाउँदै लगेको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ रोग नियन्त्रणका लागि चाहिने बजेटको कुनै कमी नहुने बताइसकेका छन् ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE