Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ। सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका कारण आउनसक्ने संकटलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्नेलगायतको तयारीमा ध्यान दिन सरकार असफल भएको हो।

आजको नागरिक दैनिकमा खबर छ - केही दिनयता संक्रमण तीव्र गतिमा बढेसँगै आइसोलेसन वार्ड अभाव हुन थालेको छ, क्वारेन्टिनको अवस्था दयनीय छ। पछिल्लो समय क्वारेन्टिन नै रोग सर्ने स्थान बन्ने त होइन भन्ने प्रश्न उठेको छ। न्यूनतम मापदण्ड पनि पूरा नभएका क्वारेन्टिनको समेत अभाव हुन थालेको छ। परीक्षण दायरा नबढाउँदा संक्रमणको आकलन अझै हुन सकेको छैन भने ज्यान गुमाएकाको कोरोना परीक्षण निधनपछि मात्र भइरहेको अवस्था छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल केही परिस्थितिजन्य अवस्था र कतिपय नेतृत्वका कारण लकडाउनपछिको समय दुई महिनाको समय कोरोनाविरुद्धको तयारीमा सरकारले उपयोग गर्न नसकेको बताउँछन्।

विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा नदेखिने भन्ने थिएन। त्यसमा पनि माघमै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको मुकाबिला गर्न सरकारले तयारी गर्नुका साथै जनतालाई पनि तयार गर्नुपर्ने थियो। संक्रमण कम गर्न अपनाउनुपर्ने सावधानी र जनचेतना फैलाएर भौतिक, मानवीय र प्राविधिक तयारीमा सरकार जुट्नुपर्ने हो तर त्यो हुन सकेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending