Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ ।

आजकाे राजधानी दैनिकमा खबर छ -कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिस्तारै उद्योग व्यवसाय सञ्चालन गर्न दिने र लकडाउन तत्काल नै नहटाउने गरी मस्यौदा तयार पारेको छ ।

सो मस्यौदामाथि शनिबार समन्वय समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ । मस्यौदामा उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, विकास निर्माणलगायतका काम क्रमशः चरणबद्ध रूपमा खुलाउँदै जाने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समिति सचिव नारायणप्रसाद बिडारीले आर्थिक तथा औद्योगिक क्रियाकलाप बिस्तारै चरणबद्ध रूपमा सञ्चालन गर्नेबारे छलफल भएको र पुनः बैठक बसेर अन्तिम रूप दिने जानकारी दिएका छन् ।

सचिव बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रहरूलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा समिति बैठकमा छलफल भएको जनाए ।

समितिले औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी मस्यौदा तयार पारेको छ ।

समिति बैठकले उक्त मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद्ले पारित गर्नेछ । यसअघि मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउनेसम्बन्धी कार्यविधि तय गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको थियो ।

पछिल्लो समय लकडाउन लम्बिँदै गएपछि उद्योगी व्यवसायीले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन् । कतिपय ठाउँमा व्यवसायहरू एकलौटी रूपमा खोलिन थालेका छन् ।

एकातर्फ उद्योगी व्यवसायी तथा श्रमजिवी वर्गले लकडाउन खुकुलो बनाउन दबाब दिँदै आएका छन् भने अर्कोतर्फ कोरोना भाइरसका संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ ।

यता, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले १ असारदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न सुझाव दिएको छ ।

केन्द्रले अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने गरी लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ । यस्तै, मुलुकभर कोरोना भाइरस संक्रमणको अवस्था हेरी त्यसलाई विभिन्न तहमा वर्गीकरण गरेर त्यसैअनुसार खुकुलो बनाउँदै जाने प्रस्ताव गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE