Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

यातायात व्यवस्था कार्यालयमा पाँच करोड भ्रष्टाचार आरोप, कार्यालय प्रमुख नेपालसहित १७ जनाविरुद्ध मुद्दा

\"\"

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानूनी काम गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध रु एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल रु तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया रु एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध रु ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै लेखा अधिकृत टीकाराम अधिकारी रु एक करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी रु तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरु रुद्रप्रसाद दाहाल रु तीन करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई रु दुई करोड १७ लाख ३२ हहजार ४७३ र कृष्णप्रसाद कट्टेल रु ७३ लाख ६२ हजार ४५५ बराबरको बिगो दाबी गरिएको छ । यसैगरी कम्प्युटर अपरेटरहरु सुजन राई रु २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान रु पाँच करोड ९४ लाख ९८ हजार ९३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल रु एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं रु २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध रु ४५ हजार ४६१ बराबरको बिगो दाबी गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE