Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सुत्केरीको रक्तस्राव रोक्ने औषधि ६१ जिल्लामा पुगेन, तर बजेट फ्रिज हुँदै

काठमाडौं । अढाई महिनादेखिको लकडाउनका कारण यसै पनि गर्भवती महिला र सुत्केरी आमाहरूले सहज स्वास्थ्य उपचार पाइरहेका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारको लापरबाहीका कारण यहीवेला सुत्केरी अवस्थामा हुने अत्यधिक रक्तस्राव रोक्न दिइने ‘मिसोप्रोस्टोल’ नामक औषधिको पनि देशभर चरम अभाव भएको छ । औषधि किन्न स्थानीय तहहरूलाई चालू वर्ष दिइएको बजेट अहिलेसम्म खर्च भएको छैन ।

नेपालमा मातृमृत्युको प्रमुख कारण सुत्केरी अवस्थामा हुने रक्तस्राव हो । यसको जोखिम कम गर्न ६१ जिल्लामा सरकारले महिला स्वयंसेविकामार्फत र १६ जिल्लामा वान हार्ट वल्र्डवाइड नामक गैरसरकारी संस्थाले ‘मिसोप्रोस्टोल’ चक्की वितरण गर्दै आएको थियो ।

तर, चालू आर्थिक वर्षमा स्थानीय तहहरूले खरिद नगर्दा पाँच महिनादेखि चरम अभाव भएको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरीले बताए । वान हार्टले वितरण गरिरहेका जिल्लामा भने सुत्केरीहरूले औषधि पाइरहेका छन् ।

डा। तिंकरीका अनुसार मिसोप्रोस्टोलको अभावका कारण कतिपय गर्भवती महिलाले ज्यान गुमाइसकेका छन् । ‘पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ । औषधि नभएपछि कतिपय महिलाको रक्तस्रावका कारण मृत्यु भएको छ । स्थानीय तहमा पैसा राखेर रक्तस्राव रोकिँदैन, रक्तस्रावबाट हुने मृत्युलाई कम गर्न अनिवार्य औषधि नै खानुपर्छ,’ उनले भने ।

सरकारको तथ्यांकअनुसार गत फागुनमा मात्रै १४ जना गर्भवतीको मृत्यु भएको छ जब कि यो संख्या ०७४ को फागुनमा तीन र ०७५ को फागुनमा पाँच थियो, अझ चैतमा ५३ सुत्केरी आमाको मृत्यु भएको छ । गत वर्ष चैतमा मातृमृत्यु शून्य थियो । हाल प्रति एक लाखमा ३९ आमाको मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा यसलाई घटाएर २२ मा झार्ने सरकारी लक्ष्य छ । मातृमृत्यु बढिरहेको विषयमा अध्ययन भइरहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुँदा महिलालाई अक्सिटोसिन इन्जेक्सन दिइने गरिन्छ । तर, घरमा सुत्केरी हुँदा रक्तस्राव रोक्न ‘मिसोप्रोस्टोल’ चलाइन्छ । चिकित्सकहरूका अनुसार सुत्केरी हुना साथ रक्तस्राव नहोस् भनेर मिसोप्रोस्टोल दिने गरिन्छ । यसले घरमा हुने सुत्केरीको मृत्युलाई रोक्छ ।

वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा। जागेश्वर गौतमका अनुसार मिसोप्रोस्टोल मातृ मृत्युदर घटाउने प्रमुख औषधि हो । महिलाले बच्चा पाइसकेपछि वा गर्भपतन भएपछि हुने अत्यधिक रक्तस्राव रोक्न, गर्भपतन गराउन तथा गर्भवती महिलालाई बेथा लगाउन पनि यो औषधि प्रयोग गरिन्छ । ‘विश्व स्वास्थ्य संगठनको अत्यावश्यक औषधिको सूचीमा पनि मिसोप्रोस्टोल राखिएको छ । मातृ मृत्युदर घटाउने यो प्रमुख औषधि हो,’ उनले भने ।

परिवार कल्याण महाशाखाका अनुसार प्रतिवर्ष करिब ६ लाख चक्की ‘मिसोप्रोस्टोल’ वितरण हुँदै आएको छ । ‘अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा मिसोप्रोस्टोलको चरम अभाव छ,’ महाशाखा अन्तर्गतको आमा सुरक्षा कार्यक्रम हेर्दै आएकी डाक्टर पुन्या पौडेलले भनिन् । उनका अनुसार स्थानीय तहले गत वर्ष खरिद गर्न नसक्दा ‘मिसोप्रोस्टोल’ अभाव भएको हो । प्रदेश सरकारमार्फत स्थानीय तहमा गएको रकम अझै खर्च हुन सकेको छैन ।

चालू आर्थिक वर्ष ‘मिसोप्रोस्टोल’ खरिदका लागि स्थानीय तहहरूमा एक करोड ५७ लाख ४२ हजार रुपैयाँ गएको थियो । तर, कुनै पनि स्थानीय तहले खरिद गर्न सकेनन् । बजेट नै आर्थिक वर्षको अन्तितिर निकाशा भएकाले औषधि खरिद गर्न नसकिएको प्रदेश सरकारहरुको गुनासो छ ।

जसका कारण पछिल्लो पाँच महिनादेखि सुत्केरी आमाहरूले औषधि पाउन सकेका छैनन् । आगामी आर्थिक वर्ष ०७७–७८ मा भने स्वास्थ्य मन्त्रालय आफैँले ‘मिसोप्रोस्टोल’ खरिद गर्न ३६ लाख विनियोजन गरेको छ । डा। तिंकरीका अनुसार नेपालमा मिसोप्रोस्टोल उत्पादन गर्ने दुई कम्पनी छन्, तर उनीहरूले पनि कच्चा पदार्थको अभावले बनाउन नसकेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष प्रदेश १ अन्तर्गतका स्थानीय तहहरूमा २१ लाख ४५ हजार, प्रदेश २ मा २५ लाख ४७ हजार, बागमतीमा ३० लाख, गण्डकीमा १७ लाख ४० हजार, प्रदेश ५ मा ३४ लाख ६० हजार, कर्णालीमा १२ लाख ६२ हजार र सुदूरपश्चिम प्रदेशअन्तर्गतका स्थानीय तहहरूमा १५ लाख ८८ हजार बजेट गएको थियो ।

वान हार्ट वल्र्डवाइडका कार्यकारी निर्देशक सूर्य भट्टले महामारी आउन सक्छ भन्ने जानकारी पाएपछि १६ जिल्लाका लागि मिसोप्रोस्टोल खरिद गरिएको बताए । ‘मिसोप्रोस्टोल चक्की छैन, नयाँ आउँदैन भन्ने जानकारी पाएपछि हामीले नियमित काम गर्दै आएका जिल्लाहरूका लागि हेडअफिससँग कुरा गरेर तत्काल खरिद गरेका थियौँ,’ उनले भने । सरकारको आग्रहमा वान हार्टले १६ जिल्लामा मिसोप्रोस्टोल वितरण गर्न थालेको हो ।

वान हार्टले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, इलाम, ओखलढुंगा, तेह्रथुम, खोटाङ, उदयपुर, सोलुखुम्बु, धादिङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रे ९६ पालिका मात्रै०, नुवाकोट र दोलखा जिल्ला हेर्दै आएको छ । यी जिल्लामा वार्षिक करिब ९० हजार महिला गर्भवती हुने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरी भन्छन् स् पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ, यही कारण कतिपय महिलाको ज्यान गएको छ

अहिले मिसोप्रोस्टोल सबैजसो जिल्लामा अभाव छ । यो रक्तस्राव रोक्न र गर्भपतनका लागि अति महत्वपूर्ण मानिन्छ । देश संघीय संरचनामा गएपछि चालू आर्थिक वर्ष अत्यावश्यक औषधि खरिद गर्न प्रदेश सरकारमार्फत स्थानीय तहहरूलाई बजेट गएको छ । तर, सबै ठाउँमा मिसोप्रोस्टोल नपाउने भएकाले उनीहरूले किन्न सकेनन् ।

पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ । औषधि नभएपछि कतिपय महिलाको रक्तस्रावका कारण मृत्यु भएको छ । स्थानीय तहमा पैसा राखेर रक्तस्राव रोकिँदैन, रक्तस्रावबाट हुने मृत्युलाई कम गर्न अनिवार्य औषधि नै खानुपर्छ । आगामी दिनमा मिसोप्रोस्टोलको अभाव हुन नदिन केन्द्र आफैले खरिद गर्ने तयारी गरेको छ, त्यसका लागि केही रकम छुट्याइएका छौँ ।

प्रदेश सरकारहरूलाई पाँच लाखसम्मको भए पनि किनेर वितरण गर्न भनिएको छ । तर, किन्न सक्छन् भन्ने विश्वास छैन । प्रदेश र पालिकालाई यसको महत्व थाहा नभएर पनि नकिनेको हुन सक्छ । मिसोप्रोस्टोल उत्पादन गर्ने नेपालमा दुई कम्पनी छन्, तर उनीहरूले पनि कच्चा पदार्थको अभावले बनाउन नसकेको बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy