काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको वरीयता तल झरेको छ ।पार्टीमा तीन अध्यक्ष रहने सहमतिसँगै आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आयोगमा बुझाएको दस्ताबेजअनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने भएका छन् भने दोस्रो वरीयतामा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । पार्टीभित्र यादव र ठाकुर दुवै कार्यकारी अध्यक्ष रहने सहमति भएको छ ।
आइतबार वरीयता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो । निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. भट्टराईलाई दोस्रो वरीयताको अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा पुग्दापुग्दै उनी एकैपटक चौथो नम्बरमा झरेका हुन् ।
उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल अर्थात् चौथो क्रमको वरिष्ठ नेता भनिएको छ । उनलाई संघीय परिषद्को अध्यक्ष भनिएको थियो । तत्कालीन समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई भने चौथो वरीयतामा रहे पनि यो मिल्दै जाने प्रक्रियाअन्तर्गत रहेको जानकारी नेताहरूले दिएका छन् ।
उनलाई संघीय अध्यक्ष बनाउने सहमति भने पार्टीभित्र कायमै छ । यसअघि उनलाई पहिलो वरीयतामा राखिएको थियो। तर, दल दर्ताअघि भएको वरीयता विवादका कारण भट्टराईलाई चौथो वरीयतामा झारिएको एक सदस्यले जानकारी दिए ।
शनिबार र आइतबार चलेकोे छलफलपछि पार्टी दर्ता गर्न निर्वाचन आयोग पठाइएको हो। कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा ठाकुर, भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।
निर्वाचन आयोगमा दर्ता गर्दा डा। भट्टराईलाई अशोक राईपछिको वरिष्ठ नेता बनाइएको जसपाका नेताहरूले बताए । अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम छ । उनलाई संसदीय दलको नेता पनि बनाउने सहमति भएको छ ।
जसपाले आयोगमा बुझाएको निवेदनअनुसार पार्टीमा एकजना संघीय अध्यक्ष र दुई जना कार्यकारी अध्यक्ष रहने सहमति भए पनि डकुमेन्टमा त्यस्तो देखिँदैन । पार्टीमा तीन अध्यक्षमध्ये पहिलो वरीयतामा महन्थ ठाकुर, दोस्रोमा भट्टराई र तेस्रोमा उपेन्द्र यादव रहेका थिए । चौथोमा राई रहेकामा दर्ता गर्ने क्रममा भने चौथो पूर्व प्रधानमन्त्री समेत रहिरसकेका डा। भट्टराई परेका हुन् ।
एकतापछिको पहिलो काम सकिएको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए। ‘निर्वाचन आयोगमा दल दर्ता गरिहाल्नुपर्ने थियो त्यसैले अहिले यही सहमति भएको हो, अरू कुरा मिल्नेक्रम जारी छ’, उनले भने, ‘हामीले लगातार छलफल गरिरहेका छौँ, अब केही समयमै पार्टी एकीकरण टुंगिन्छ ।’
राजपा र समाजवादी पार्टीले वैशाख १० गते मध्यरातमा एकता घोषणा गरेका थिए ।
घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिइसकेका थिए । जसपामा जम्मा ५३ जनाको कार्यसमिति हुने भएको छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: