Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

हुम्लामा कोरोना नआओस् भन्ने कामना गर्दै घिस्रिँदै युवा–युवती पुगे रलिङ गुम्बा

हुम्ला । हुम्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै प्रसिद्ध रलिङ गुम्बामा पूजाआजा गरिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- सिमकोट गाउँपालिका–४ स्थित बुराउँसे गाउँका १० युवायुवती प्रार्थना गर्दै रलिङ गुम्बा पुगेर पूजाआजा गरेका हुन् । कर्णाली प्रदेशका धेरै जिल्लामा कोभिड–१९ को संक्रमण देखिएको छ ।

सिमकोट गाउँपालिका–४ का स्थानीय प्रवीण लामाले ६ घन्टा पैदलयात्रामा पुगिने भए पनि १० जना युवा युवती प्रार्थना गर्दै एक साता लगाएर रलिङ गुम्बा पुगेर कोरोना संक्रमण नफैलियोस् भनी कामना गर्दै पूजाआजा गरेको जानकारी दिए । जसमा पाँच युवा र पाँच युवती थिए ।

प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन गुम्बामा सयौं मानिस भेला भई पूजाआजा गर्ने गरे पनि यस पटक भने कमैको उपस्थित थियो । बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा रहेको रलिङ गुम्बालाई चीनको प्रसिद्ध मानसरोवरजस्तै महत्वको रूपमा लिइन्छ ।

चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्बामा स्वच्छ मनले ‘धन मागे धन दिने, मन मागे मन र अन्न मागे अन्न दिने’ जनविश्वास रहेको सिमकोट–४ की ७० वर्षीया सोनाम छेजुङ लामाले बताइन् ।

प्राचीनकालमा जुम्लाका राजा अशोक मल्लको पालामा लिखित ताम्रपत्र गुम्बामा भेटिएकाले गुम्बा ऐतिहासिक मानिन्छ । सयौँ वर्ष पुराना भगवान् गौतम बुद्धको मूर्ति, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौँरी, कुकुर, भेडा तथा अन्य पशुको आकृृति यो गुम्बाको मुख्य आकर्षण हो ।

जेठ पूर्णिमाका दिन जस्तो महाविपत्ति आए पनि भगवान् आउने हुँदा भक्तजन पूजाआजा गर्न जानैपर्ने बाध्यता रहेको स्थानीय छिरिङ लामाले बताए । चीनको मानसरोवर कैलाश जस्तै यो रलिङ गुम्बाको महत्व रहेकाले विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ । गुम्बाको चारैदिशाको ढुंगामा सुरक्षाका लागि चारवटा कुकुरको आकृति समेत रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy