Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

लकडाउन : गरिबीले भोकमरी

जनकपुरधाम । जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन् । छोरा भने बरालिएर हिँड्छन् । सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा ५ धुरमा बनेको घर छ, दिनभरि कमाए राति घरमा चुलो बल्छ, काम नपाए खान पुग्दैन ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - महराले भने, ‘अरूको काम नगरी हामीलाई खान पुग्दैन, बाहिर निस्कने वातावरण छैन, घरमा बसेर खाने अन्न छैन, राति भोकभोकै सुत्नुपरेको छ, नगरपालिकाले दिएको राहत १० दिनमै सकियो, लकडाउन भएदेखि कसैले काम दिँदैन ।

मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको उनले बताए । ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उनले भने ।

जनकपुर–७ का चलितर सदाले हातगोडा बलियो हुँदा अरूकै खेतमा काम गरेर ५ छोरी र एक छोरा हुर्काए । श्रीमती र छोरीहरूले पनि सघाउँथे, पछि दुई छोरीको बिहे भएपछि परिवारमा थोरै समस्या हटे पनि थप दुई छोरीको बिहेबारीका लागि उनी चिन्तित छन् ।

सदाले भने, ‘लकडाउनमा परिवार पाल्न धेरै गाह्रो भो, राहत त दियो तर त्यो १५ केजी चामल कति दिन चल्थ्यो, परिवारमा समस्या भएपछि अरूसँग मागेर घर चलाएँ, अब कसरी ऋण चुक्ता गर्नु कि पेट पाल्नु चिन्ता छ ।’

उनको घरबाहेक सम्पत्तिको नाममा केही छैन। स्थानीय विनोद सदाले फुसको घर देखाउँदै भने, ‘यी हेर्नुहोस्, वर्षौंदेखि हाम्रो घर यस्तै छ, शीत छल्नै मुस्किल हुन्छ ।’

जनकपुर उप–महानगरपालिका–७ जानकीनगरका विपन्न र दीनहीन मुसहर बसेको ३० औँ वर्ष भयो। तर, कसैको आँखा परेको छैन । न गतिलो ओत छ न त आङ ढाक्ने कपडा नै ! अझ अढाई महिनाको लकडाउनमा काम नपाएर चुलो बल्न सकेको छैन, भोकै सुत्न विवश छन् ।

‘छोराछोरीलाई स्कुल पठाउन सकेको छैन, पैसा भए पो पठाउनु, बालबच्चालाई खुवाउन त पैसा हुँदैन, फेरि विद्यालय पठायो, शिक्षक पनि आउँदैनन्,’ पुलकित सादले दुखेसो पोखिन् ।

साहुले उधारो पत्याउँदैनन्, काम बन्द नहुँदा काम गरेर पनि तिर्छन् भनेर उधारो दिन्थे, अहिले उधारो पत्याउन छाडे, रोगभन्दा पनि भोकले मरिने डर लागिरहेको छ’, स्थानीय धनकला सदाले भनिन् । बजार खुल्दा माछा, घोंघी बेचेर दैनिक २ सय रुपैयाँसम्म कमाउने उनी बजार नै बन्द भएपछि छाक टार्ने समस्या भएको बताउँछिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE