Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

मृतक सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ, भाइ बनेर सैजूँले गरे अन्त्येष्टी

भक्तपुर । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको उनले जानकारी दिइन् । रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिए । उनीहरुको पिसिआरको रिपोर्ट नआएसम्मका लागि क्वारेन्टिनमा राखिने भएको हो ।

अस्पताल आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएकाले कोरोना सङ्क्रमणको आशङ्का गरे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गए राति एक र आज दुई गरी तीनपटक परीक्षण गरी पठाएको रिपोर्टमा मृतक सुत्केरीमा कोरोना सङ्क्रमण नेगेटिभ आएको उनले जानकारी दिए । महिलाको आरडिटी परीक्षणमा पोजेटिभ आएको र मृत्युपछि कोरोना सङ्क्रमणको आशङ्कामा मृतकको स्वाब राति करीब १० बजे पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले आज दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताए । उनले भने, “दाहसंस्कार लागि शव पठाएका छौँ, अब अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि अस्पतालको सबै सेवा सञ्चालन गर्नेछौ । प्रसूति कक्ष भने ७२ घण्टापछि निर्मलीकरण गरेर मात्रै सञ्चालन गर्छौैं, अरू सबै सेवा भोलिबाटै शुरु हुन्छ ।”

मृतकका श्रीमान् र सन्तानबाहेक अरू आफन्त यहाँ नभएको र उनीहरुको आर्थिक अवस्था पनि ज्यादै कमजोर रही अन्त्येष्टी गर्ने अवस्था नभएको जानकारी पाएपछि दाहसंस्कारको व्यवस्था प्रशासन आफैँले गरेको छ ।

यसरी भयो दाहसंस्कार

एकातिर कोरोनाको त्रास, अर्कोतिर गरिबीको बास । मृतक महिलाको कोखबाट जन्मिएको बच्चाको पालनपोषण गर्नसमेत समस्या परेको मृतकका पतिले बताएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । श्रीमतीको मृत्युपछि दाहसंस्कार गर्ने खर्चसमेत नभएको मृतकका पतिले सुनाएपछि अन्ततः भक्तपुरको संयुक्त सुरक्षा टोलीले यसको व्यवस्थापन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ पाण्डे, नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीले शव व्यवस्थापनका लागि लाग्ने खर्च व्यहोरेका छन् ।

भूकम्पदेखि कोरोना महामारीसम्म समाजसेवामा खटिएका आरएनए–१६ ग्रुपका अरुण सैँजू र राजेश गाइजूले महिलाको शव व्यवस्थापन गरेका छन् । आज पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा सैँजूले मृतक महिलाको भाइ बनेर दाहसंंस्कार गरेका हुन् । दाहसंस्कारमा खटिएका सैँजूले भने, “श्रीमान् बच्चासहित क्वारेन्टिनमा बस्नुभयो, यहाँ उहाँहरुको कोही पनि आफन्त रैनछन्, त्यसैले मृतक महिलाको श्रीमानले तपाई भाइ बनेर अन्तिम संस्कार गरिदिनुस् भन्नुभयो, अनि मैले र राजेशले दिदी सम्झेर उहाँको दाहसंस्कार गर्यौ ।”

कोरोनाको बिरामी र शव बोक्नका लागि तयार पारेको गाडीमा शव लैजाने जिम्मा पाएको उनले दाहसंस्कारका लागि जाने आफन्त कोही नभएपछि आफैँले दाहसंस्कार गरेर फएका हुन् । यसअघि धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको पनि सोही गाडीमा शव लगेर उनीहरुले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेका थिए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE