Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कपिलवस्तुका दुई सय नौ संक्रमितलाई पिसिआर परीक्षण नगरी घर पठाइयो

संक्रमित अवस्थामै घर पठाउँदा समुदायमा फैलिने जोखिम

कपिलवस्तु । कपिलवस्तुमा १४ दिन ओइसोलेसनमा बसेका र कुनै लक्षण नदेखिएका दुई सय नौ कोरोना संक्रमितलाई घर पठाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खकर छ - कोरोना विशेष अस्पताल बुटवलबाट नौ र जिल्लाका चार वटा स्थानीय तहबाट दुई सयलाई पुनः पिसिआर परीक्षण नै नगरी संक्रमित अवस्थामै घर पठाइएको हो ।

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअन्तर्गत पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् । यो निर्देशिका जारी हुनुअघि संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काइने गरिएको थियो ।

यसअघि दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएका ४२ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मन्त्रालयको नयाँ निर्देशिका ६ दिनअघि आएको थियो । त्यसयता २४ जेठदेखि जिल्लामा त्यही निर्देशिकाअनुसार पुनः पिसिआर परीक्षणविना संक्रमितलाई घर पठाउन थालिएको हो ।

संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्थासमेत सामान्य देखिएपछि सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

कुन पालिकाका कति घर फर्किए ?
कपिलवस्तुका १० पालिकामध्ये यशोधरा गाउँपालिकाबाट ९५, महाराजगन्ज नगरपालिका ५०, कपिलवस्तु नगरपालिका २२, मायादेवी गाउँपालिका १५, वाणगंगा नगरपालिका १०, विजयनगर गाउँपालिका एक, बुद्घभूमि नगरपालिका चार, कृष्णनगर गाउँपालिका आठ, शिवराज नगरपालिका तीन, शुद्घोधन गाउँपालिकाका एक जनालाई घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । घर पठाउनुअघि जिल्ला प्रशासन कार्यालयले खटाएका डाक्टरहरूले संक्रमितहरूको स्वास्थ्य अवस्था बुझेको थियो ।

यशोधरा गाउँपालिकाको अनिरुद्र पब्लिक उमाविको आइसोलेसमा दुई हप्ता पूरा गरेका ६३ मध्ये ३८ जनाको स्वाब संकलन गरी दोस्रो पिसिआर परीक्षणका लागि दाङ पठाइएको थियो । उनीहरूको रिपोर्टसमेत आउन बाँकी छ ।

उनीहरूलाई नयाँ निर्देशिकाअनुसार घर जान दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रसाद दुबेले बताए । ‘गाउँपालिकाले संक्रमितको पिसिआर परीक्षणपछि मात्र घर जान दिने सोच बनाएको थियो, तर नयाँ निर्देशिका आएपछि डाक्टरहरूको सुझाबअनुसार घर जान दिएको हौँ,’ उनले भने ।

बुद्घभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले पुनः पिसिआर परीक्षणविना संक्रमितलाई छाडिँदा समुदायमा संक्रमण फैलन सक्ने बताए । ‘क्वारेन्टाइन र आइसोलेसन गरी एक महिना त्यत्तिकै बिताएका संक्रमितहरूको पिसिआर टेस्ट गरेर घर फर्काउँदा उचित हुन्थ्यो, तर केन्द्र सरकारले नयाँ नियम बनाएपछि हामीले संक्रमितहरूलाई घर जान दिएका हौँ,’ उनले भने ।

कपिलवस्तुमा मंगलबार थप आठजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ६६ पुगेको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका सात र यशोधरा गाउँपालिकाका एकजना छन् ।

चार हजार नाघ्यो कोरोना संक्रमितको संख्या
नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । मंगलबार थप तीन सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। हालसम्म पाँच सय ८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएकामध्ये पाँच सय सात पुरुष र ७७ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले देशभरिमा एक लाख ६ हजार तीन सय ३१ पिसिआर परीक्षण र एक लाख ६६ हजार एक सय ५८ आरडिटी विधिबाट परीक्षण भएको बताए । हाल क्वारेन्टाइनमा एक लाख ६५ हजार सात सय ७५ जना छन् । संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाको संख्या तीन हजार चार सय ८७ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE