काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ ।
आजको राजधानी दैनिकमा खबर छ - सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।
लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ ।
एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चाप समेत बढ्न थालेको छ ।
मन्त्रिपरिषद्को गत १७ जेठमा बसेको बैठकले पछिल्लोपटक ३२ जेठसम्म लकडाउन अवधि बढाउँदै क्षेत्रगत रूपमा खुकुलो बनाउने र कडाइ गर्ने जिम्मा समन्वय समितिलाई दिएको थियो । पुनः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेस गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको थियोे ।
समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ ।
गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको थियो । बैठकले कुनै निर्णय गर्न नसकेपछि कस्तो मोडालिटी तय गर्न सकिन्छ भनेर त्यसको तयारीको जिम्मेवारी समितिलाई दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेस गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: