Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन ।

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको छ । पहिलो चरणमा साउदी अरेबियाबाट छ हजार ६२४ जना, मलेसियाबाट छ हजार ४२५, कतारबाट तीन हजार ६०८ जना, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट ४१० जना, बहराइनबाट ३७२, ओमानबाट ६५६, कुवेतबाट दुई हजार ९९१ रहेका छन् ।

यस्त, अस्टे«लियामा कोरोनाका कारण समस्यामा परेका एक हजार ३०० नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ भने माल्दिभ्सबाट २७४ जना नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ । यस्तै नेपालीको आकर्षक रोजगारीको गन्तव्य मुलुक मानिने दक्षिण कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनालाई ल्याउनुपर्ने भएको छ । त्यस्तै कोरोनाका कारण बङ्गलादेशबाट १८० जना, पाकिस्तानबाट १२५ जना र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट अहिले स्वदेश फर्काउनपर्ने नेपालीको सङ्ख्या ६४६, क्यानडाबाट ७८ जना र इजरायलबाट ३९ जना नागरिक ल्याउनुपर्ने छ । यस्तै पहिलो चरणमा युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट ६३ जना, थाइल्यान्डबाट ३५७ जना, सिङ्गापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy