रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा पाँच व्यक्तिको हत्याअघि नशालु वस्तु खुवाइएको खुलेको छ । प्रहरी अनुसन्धान र अभियुक्तको बयानले नशालु वस्तु खुवाएर लठ्ठपारी हत्या गरेको खुलेको हो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - गंगादेवी गाई फर्ममा त्यही काम गर्ने तीन जना र गाउँका दुई युवाको सोमबार राति हत्या भएको थियो । मृतकमध्ये दुई श्रीमान–श्रीमती हुन् । फर्ममै काम गर्ने सुर्खेत लेकबेसी नगरपालिका घर भएका ३१ वर्षीया झसेन्द्रबहादुर सिंजालीले हत्या गरेको प्रहरीले जनाएको थियो । उनले मंगलबार नै हत्याको स्वीकार गरेका थिए । तर उनी आफै नशामा लठ्ठ भएका कारण प्रहरीले थप सोधपुछ गर्न सकेको थिएन ।
सिंजालीले आफ्नो गाली बेइज्यती गरेको रिसइबीमै हत्या गरेको स्वीकारेका छन् । हत्याअघि फर्ममा रहेका ८ जनामध्ये पाँच जनालाई मदिरामा गाँजा मिसाएर खुवाएको उनले बताए । गाँजा मिसिएको मदिरा खाएपछि लठ्ठिएका उनीहरुलाई फरुवाले हानेर हत्या गरेको बयानमा बताएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मदिराका बोतल बरामद गरेको थियो ।
आफूविरुद्ध पशु गमन गरेको भन्ने आरोप लगाएकोमा सिंजाली रुष्ट थिए । मुसहर दम्पत्तीसहित अन्यले पैसा ठग्ने गरेको भन्दै साहुसँग गलत कुरा लगाएको बयान सिंजालीले दिएका छन् ।
अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले दुई महिनादेखि श्रीमती हराएको तनावसहितका तीन कारणले हत्या गरेको बताए ।’ आफै तनावमा रहेको र रिसइबी साध्न हत्या गरेको देखिएको छ’ उनले भने ।
गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका–५ दरखासीका ४० वर्षीया माधव मुसहर र उनकी श्रमीती ३७ वर्षीया जानकी मुसहरको मृत्यु भएको छ । फर्ममै काम गर्ने १६ वर्षीया रमेश भनिने पोखराज मुसहर, तिलोत्तमाकै दुई युवा १५ वर्षीया करण थारु र १६ वर्षीया आशिष चौधरीको हत्या भएको हो । करण र आशिष साथी पोखराजसँगै बस्न आएका थिए । सिंजालीले मुसहर दम्पत्तीसहित तीन युवा लक्षित गरेर हत्या योजना बुनेका थिए ।
मदिरा खाएर सुतेका उनीहरुमाथी शुरुमा लठ्ठी प्रहार गरेको उनले बयान दिएका छन् । लठ्ठी प्रहारबाट अचेत भएपछि फरुवाको बिँडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: