भक्तपुर । भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
ना६ख १६१६ नंको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उनलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको उनले जानकारी दिए । सोही ट्रकका सहचालक एवं प्रत्यक्षदर्शी रुपेश सुनारले भने, “सूर्यविनायक जाने मुख्य सडकमा पनि मोटरसाइकल नै पल्टाउने गरी ठूलो भेल आएको थियो, सर्भिस ट्र्याकमा पनि पानीको भेलले बाटो नै देखिएको थिएन, ट्रक रोकेर ड्राइभर झरेर मुख्य सडक र सर्भिस ट्र्याकको पानी जाने ठाउँमा गहिरो छ कि छैन भनेर हेर्न जाँदा भेलले उनलाई हुत्याएर ढलमा हाल्यो, त्यसपछि कहाँ पुगे भेटिएनन् ।” आफ्नै आँखा अगाडि राउतलाई बगाउँदा पनि उद्धार गर्न नसकेपछि प्रहरीलाई खबर गरेको थिएँ ।
घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए । सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए । सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् । सुरक्षाकर्मीको टोलीेले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: