Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

चौरजहारी अस्पतालबाट आठ सयभन्दा बढीले लिए प्रसूति सेवा

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी अस्पतालबाट गत ११ महिनामा आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि अस्पतालबाट प्रसूति सेवा लिनेमा रुकुम(पश्चिम), सल्यान र जाजरकोटका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बनाएको असहज परिस्थितिका बीचमा पनि प्रसूति सेवालाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मातृ तथा शिशु सुरक्षालाई विशेष ध्यान दिइरहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । नेपाल सरकारले लिएको संस्थागत प्रसूति सुधार कार्यक्रमअन्तर्गत मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्य सफल पार्नका लागि अस्पतालले २४ सै घण्टा प्रभावकारी प्रसूति सेवा प्रवाह गरिरहेको उनको भनाइ छ ।

सरकारले जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीका कारण सुत्केरी हुनेलाई प्रत्यक्ष रुपमा असहज भइरहेका अवस्थामा चौरजहारी अस्पतालले भने सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । लकडाउनले प्रसूति सेवामा कुनै असर नगरेको अस्पतालका मेडिकल डाइरेक्टर डा कालेव बुढाले बताए ।

लकडाउनकै बीचमा २४ गर्भवतीको सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए । उनका अनुसार गत साउनदेखि हालसम्म सामान्य तथा जटिल प्रकृतिका १२४ जनालाई सफल शल्यक्रियामार्फत सुत्केरी बनाइएको छ ।

यसैबीच लकडाउन जारी भएदेखि हालसम्म १३ हजारभन्दा बढी बिरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । जटिल तथा सामान्य प्रकारका बिरामीले सेवा लिएको अस्पतालको भनाइ छ । अस्पतालले २५ वर्ष पहिलेदेखि दुर्गम जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको तथा गरीब तथा अतिविपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy