Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

लकडाउनका कारण आपराधिक घटनामा कमी आयो : प्रहरी

काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ ।

नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ ।

प्रहरीले केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका जनाएको छ । रुकुमको सोती र रुपन्देहीको गाई फार्ममा गम्भीर प्रकृतिको घटना भएका छन् । यी लगायतका घटनाहरुमाथि गम्भीर रुपमा छानविन गरी दोषीलाई कानूनी कारवाही गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटनामा विगतको भन्दा निक्कै कम देखिएको र आत्महत्याका घटनामा समेत कमी आएको बताए । उनका अनुसार विवरण विश्लेषण गर्दा करीब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ ।

गुह मन्त्रालयबाट प्राप्त विवरण अनुसार चालु आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन् । यो सङ्ख्या गत आवको सोही अवधिमा ७११ थियो । सङ्गठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए । चालु आवको सोही अवधिमा ५०३ पुग्यो । यस्तै महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा एक हजार २१८ वटा घटना भएकामा चालु आवको सोही अवधिमा ६०० घटना भए ।

सामाजिक अपराध गत आवको पछिल्लो तीन महनिामा तीन हजार ५३२ वटा भए भने चालु आवमा ९२३ घटना मात्रै भएका छन् । सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालु आवको सोही अवधिमा २०७ वटा मात्रै भए । विवरणमा चालु आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ ।

आत्महत्यामा कमी

आत्महत्या बढ्यो भनेर विवरणहरु बाहिर आएपछि गृह मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीबीच बुधबार बैठक समिक्षा गरिएको थियो । उक्त बैठकले केही छिटफुट गम्भीर प्रकृतिका घटना भए पनि समग्रमा आपराधिक घटनामा कमी आएको निष्कर्ष निकालेकोे छ । आत्महत्याका घटना समेत विगतको भन्दा कमी नै रहेको बैठकको निष्कर्ष छ ।

प्राप्त विवरण अनुसार गत आवको चैत, वैशाख र जेठको तुलनामा चालु आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको छ । यद्यपि, यसमा चालु आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ । पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ । कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन् ।

चालु आवको चैत, वैशाख र जेठमा कोभिड–१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो । सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउछन् । उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ । कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तथ्याङ्कमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन् ।

आव २०७५÷७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ । त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो । विष खाएर ३५८ जनाको ज्यान गएको छ । चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए । वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे ।

चालु आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन् । यसमा १५ दिनको घटना आउन बाँकी छ । त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन् । चालु आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो । चालु आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ ।

आव २०७४÷७५ को चैत, वैशाख र जेठमा आत्महत्याका एक हजार ४४७ घटना भएको थियो । यो चालु आवको तीन महिनाको सङ्ख्या भन्दा १०९ ले बढी हो । सबैभन्दा बढी झुण्डिएर एक हजार ७१ जनाले आत्महत्या गरेका छन् । विष खाएर ३५५ जनाको मृत्यु भएको छ ।

सोही आवको चैतमा ४५६, वैशाखमा ५०३ र जेठमा ४८८ आत्महत्याका घटना भएका थिए । सोही आवमा कुल पाँच हजार ३१७ जनाले आत्महत्या गरेकामा झुण्डिएर मात्रै तीन हजार ८६७ जनाले मृत्युवरण गरे । अन्यले आगो लगाएर, करेन्ट लगाएर, पानीमा हाम्फालेर, तथा हातहतियारको प्रयोग गरेर आत्महत्या गरेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता शाही विगतको वर्षको तुलनामा यो वर्ष आत्महत्याको दर बढेको भने नदेखिने बताउनुहुन्छ । “दुई वर्षको तुलना गर्दा लकडाउन कै कारण मात्र आत्महत्या बढेको भन्ने तथ्यले देखाउँदैन, विगतको तुलनामा अझै केही कमी आएको छ, बढेको छैन,” शाहीले रासससँग भने ।

उनका अनुसार लकडाउनका कारण आपराधिक घटना भने ६० प्रतिशतले कमी आएको छ । जबर्जस्ती करणी तथा घरेलु हिंसाका घटना भने देखिएका छन् । त्यो प्रहरी र समुदायको सक्रियताले बाहिर आएको उनी ठान्छन् । केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना समेत यो अवधिमा घटेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy