Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

चीन जोड्ने कोदारी राजमार्र्ग क्षतविक्षत

सिन्धुपाल्चोक । छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्ग अन्तर्राष्ट्रियस्तरको सडक हो । तर, सडकको दुरावस्थाले आवतजावत गर्नै समस्या परेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेना र अन्य निजी निकायले ल्याउने स्वास्थ्य सामग्री यही सडक भएर राजधानी भित्रिन्छन् । भूकम्प र बाढीले क्षतिग्रस्त सडक गतवर्ष चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले मर्मत गरेको थियो । वर्ष दिनअघि चिनियाँ कम्पनीले भरेको पातलो कालोपत्रे निरन्तर परेको बर्सात्सँगै बगेर भोटेकोशीमा मिलिसकेको छ । भर्खरै खोलेको कच्ची ट्र्याकमा चलेझै सवारी साधन जसोतसो गुडिरहँदा सरकारी निकायको नजर यो सडकमा परेको छैन ।

भन्सारबाट छुटेका ट्रक र कन्टेनर तातोपानीबाट बाह्रबिसे आइपुग्न पाँच घण्टा लाग्छ । स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनर भ्यान कहाँ पुगेर दुर्घटनामा पर्ने हो निश्चित छैन । सडकको दुरावस्थाले सवारी साधनलाई जोखिममा पारेको छ ।

बाह्रबिसेदेखि तातोपानी मितेरीपुलसम्मको २६ किलोमिटर कोदारी सडक जीर्ण देख्दादेख्दै सरकारी नम्बरप्लेटका महङ्गा गाडी मुश्किलले गुडाइन्छ । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार र सडक डिभिजन चरिकोटका जनप्रतिनिधि र उच्च अधिकारी दिनदिनै यही सडकबाट आउजाउ गर्छन् । स्थानीयले पटकपटक औँला ठड्याएर सरकारका निकायलाई खबरदारी गर्दा पनि कसैले चासो दिँदैनन् ।

छब्बीस किलोमिटर सडक कम्तीमा ३० ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठूल्ठूला खाल्डाखुल्डी छन् । सडकको दुरावस्थाले बिरामी बोक्ने एम्बुलेन्स बाह्रबिसेबाट भोटेकोशी गाउँपालिकातर्फ जानै मान्दैनन् । दर्जनौँ पहिरा र खाल्डाखुल्डी छिचोलेर बाह्रबिसे आउनेजाने एम्बुलेन्सले रु तीन हजारसम्म भाडा असुल्छन् । बोलेरो गाडीमा आउँदा रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता छ ।

“जीर्ण सडक र महङ्गो भाडाले सीमा क्षेत्रका स्थानीय मारमा परेका छन्,” सिन्धुपाल्चोक चेम्बर अफ कमर्शका कोषाध्यक्षसमेत रहेका स्थानीय ग्याल्साङ शेर्पाले भने । बर्खा नलाग्दै कोदारी राजमार्गको अवस्था खराब बनेको उनले सुनाए । ठाउँठाउँमा सडक किनार भत्केर र पहिरो लागेर भोटेकोशी नदी थुनिँदै गएकोले सीमा क्षेत्रका स्थानीय उच्च जोखिममा परेका छन् । सडककै दुरावस्थाले कतिपय विकास निर्माणका काम प्राय ठप्प छन् । मध्यभोटेकोशी जलविद्युत् आयोजना, माथिल्लो भोटेकोशी र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाको विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy