Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

तयार भए सौराहाका होटल क्वारेन्टिन बनाउन

चितवन । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए ।

उनले भने, “ पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।” सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् ।

यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ र होटल व्यवसायी सङ्घले नौ÷नौवटा होटल क्वारेन्टिनमा दिनका लागि तयार भएको जनाएका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष दीपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टिनका रुपमा प्रयोगमा आइसकेको छ ।

अध्यक्ष ढकालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नुपर्ने भएकाले क्वारेन्टिनमा दिने सूचीमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु एक हजारदेखि एक हजार ५०० सम्म दररेट राखेका छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको र पहिलो चरणका होटलको टुङ्गो लागे सँगै अन्य होटल क्वारेन्टिनमा दिन तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताए । हालसम्म होटलको माग नभएको भन्दै उनले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताए । हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टिनमा बसिरहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy