काठमाडौ । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष ती विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भनी अलग अलग प्रस्ताव प्रस्तुत गरेका थिए ।
ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयकमाथि सांसद प्रेम सुवाल र डा मीनेन्द्र रिजालले राखेको सशोधन प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भएको थियो । आर्थिक विधेयकमाथि सांसदद्वय सुवाल र दिव्यराज भण्डारीले सशोधन प्रस्ताव पेश गरेका थिए भने राष्ट्र ऋण उठाउने विधेयक–२०७७ का सम्बन्धमा डा रिजाल र सुवालले सशोधन राखेका थिए ।
विद्युतीय सवारी साधन आयातमा लगाइएको भन्सार शुल्क हटाउन सरकारसँग माग गर्दै उनीहरुले पेट्रोल र डिजेलमा अतिरिक्त कर किन लगाइएको भनी प्रश्न गरे ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले भन्सारका दर अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तबाट निर्देशित रहेको बताए । उनले भने, “आयकरको दर आर्थिक सिद्धान्त र प्रणालीका आधारमा तय गरिएको छ, राजश्वको स्थिति कठिन नै छ, राजश्वले दैनिक खर्च धान्ने अवस्थामा छैन । हामी सबै मिलेर अघि जाने अभ्यास संसद्बाटै भइरहेको छ, त्यो गरौँ, मुलुक लोकतान्त्रिक मूल्यमान्यताबाट चल्छ ।”
“विदेशी ऋण निश्चित परियोजनासँग सम्बन्धित हुने गरेको छ, बाह्य ऋणको सबै अङ्क हरेक वर्षको बजेटमा राख्न सकिन्न, बजेट निर्माणका क्रममा दातृ समुदायले प्रतिबद्धता जनाएको हुनाले वैदेशिक सहयोग र ऋण प्राप्त गर्नेमा कुनै समस्या छैन”, उनले भने ।
सरकार जमानत बसेर उपलब्ध गराएको ऋण भनेको वायु सेवा खरिद गर्दाको मात्रै भएको उल्लेख गर्दै उनले सार्वजनिक वित्त व्यवस्था पारदर्शी भएकाले दातृसमुदायबाट विश्वास कायम गर्न सफल भएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: