Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुई हजार जना घर फर्किए

डोटी । भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । आज आइतबारसम्म क्वारेन्टिनबाट घर पठाइएकामध्ये एक हजार ८०० पुरुष तथा २०० महिला रहेका छन् । उनीहरु सबैको आरडिटी तथा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरु भारतबाट रोजगारी गरी आएका जिल्लाका दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआई सिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी र आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वारेन्टिन बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजारभन्दा बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइनेछ ।” कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टिन बसेका नागरिकलाई घर पठाउन थालिएसँगै जिल्लामा निर्माण गरिएका क्वारेन्टिन खाली हुन थालेका छन् ।

भारतबाट जिल्लामा आएका १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एकजना कोरोना जितेर घर गएका छन् । जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका तर आरडिटी रिपोर्ट पोजेटिभ आएका २०५ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी कैलालीस्थित धनगढी प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले बताए । उनले भने, “हामीले आरडिटी परीक्षण गर्ने क्रममा पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि धनगढी ल्याबमा पठाएका छौँ, रिपोर्ट आउन बाँकी रहेको छ ।” जिल्लामा पिसिआर परीक्षणको रिपोर्टमा पोजेटिभभन्दा नेगेटिभ आउनेको सङ्ख्या बढी भएको उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy