Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पत्रकारको तीन लाखको दुर्घटना बीमा

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आफ्ना सदस्य र क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । कालिका नगरपालिकाको संयोगमा असार १ गतेबाट लागू हुने गरी २५७ जना पत्रकारको दुर्घटना बीमा गरेको हो ।

दुर्घटना बीमाका लागि महासङ्घ र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट अध्यक्ष राधेश्याम खतिवडा र नगरपालिकाका तर्फबाट प्रमुख खुमनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उहाँले यस वर्ष रु एक लाख बीमाका लागि सहयोग गरिएको बताए ।

यस रकमलाई नगरपालिकाको बजेटमा राखेर आगामी वर्षमा यसलाई निरन्तरता दिइने उनले बताए । श्रेष्ठले भने, “जिल्लामा काम गर्ने पत्रकारका लागि सधैँका लागि दुर्घटना बीमा कालिका नगरपालिकाले गर्ने गरी नीतिगत निर्णय गर्दैछौँ ।” महासङ्घका अध्यक्ष खतिवडाले पत्रकारहरुको दुर्घटना हुँदा रु तीन लाख पाउने र घाइते भएमा रु ३० हजारसम्मको उपचार खर्च पाउने गरी बीमा गरिएको बताए ।

महासङ्घले आफ्ना सदस्य र क्रियाशील पत्रकारहरुको कोरोना बीमा प्रेस रजिष्ट्रार कार्यालय हेटौँडासँग सहकार्य गरी यसअघि नै गरिसकेको छ । जिल्लामा पाँच दैनिक पत्रिका, चार टेलिभिजन, २२ एफ एम रेडियो, २४ अनलाइन र १३ वटा साप्ताहिक पत्रिका रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy