काठमाडौ । काठमाडौँ महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ ।
काठमाडौँको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर नगरपालिकाको शहरी योजना आयोगले उक्त मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो । “एक लाख १४ हजार वर्गमिटरको पाँचतले मेगाहल निर्माणका लागि प्रस्तावित डिजाइन तयार पारिएको छ”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने, “दुई सय १२ रोपनी क्षेत्रफलमध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा र ४० प्रतिशतमा मेगा हल निर्माण हुनेछ ।” उनले मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारेको जानकारी दिए ।
“प्रस्तावित डिजाइनमै अहिले भैरहेका भौतिक संरचनाभन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ”, उनले भने, “यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्कलगायत अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएका छौँ ।”
उक्त भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने छ वटा मिटिङ हल, चार सय ५० जना अटाउने तीन वटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा रहने छ । “मेगा हलमा एकै पटक दुई हजारसम्म अट्ने दुई वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ”, उपाध्यक्ष बस्नेतले भने, “नवप्रर्वद्धन केन्द्र छ वटा रहने छन् भने पाँच वटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।”
यो मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्कालेटर रहने छन् । उपाध्यक्ष बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ । “हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकासद्वारको व्यवस्था गरेका छौँ”, उनले भने, “पहिलो चरणमा साल्ट टे«निङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ । धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारेका छौँ ।” बस्नेतका अनुसार रु १२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक शौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहललगायत रहने छन् । “यो हलको छानो र पिल्लरहरु पनि मौलिक खालका हुनेछन्”, उनले भने, “हामीले बास्तुकलालाई समेत ध्यानमा राखेर डिजाइन तयार पारेका छौँ ।”
उपाध्यक्ष बस्नेतले कोरोनाको महामारीबाट मुलुक लयमा फर्किने वित्तिकै कामलाई तीव्ररुपमा अघि बढाइने बताए । समाज कल्याण परिषद् मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भै प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: